PM Shehbaz Sharif making desperate bid to get Pakistan out of FATF’s Grey List.(photo:IN)

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कश्मीर मामिलाको समाधान वार्ताबाट गर्न आफू तयार रहेको बताएका छन्।

पाकिस्तान वार्तामार्फत भारतसँग ‘स्थायी शान्ति’ चाहने पनि उनले बताएका छन्। उनले कश्मीर विवाद सुल्झाउनका लागि दुवै देशका लागि युद्ध विकल्प हुनै नसक्ने बताएका छन्।
समाचार अनुसार शहबाज शरीफले हार्वर्ड युनिभर्सिटीका विद्यार्थीको एक प्रतिनिधिमण्डलसँग भेटका क्मरमा यस्तो बताएका हुन्।
उनले कश्मीर क्षेत्रमा स्थायी शान्तिका लागि संयुक्त राष्ट्रसंघको प्रस्ताव वार्ता अघि बढाउनुपर्ने पनि बताएका छन्।

भारत र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो ७५ वर्षयता अधिकतम् समय तनावपूर्ण रहेको छ।

यसको मुख्य कारण कश्मीरको विवाद नै हो। भारतले पाकिस्तानमाथि कश्मीर मामिलालाई लिएर चरमपन्थीहरुको प्रयोग गरेको आरोप लगाइरहेको छ।

भारतले जम्मु र कश्मीर आफ्नो अभिन्न अंग भन्दै आएको छ। भारतले उक्त भूभाग आफ्नै रहेको जिकिर गरिरहेको छ।

अर्कातिर पाकिस्तानको तर्क भने भारत विभाजनपछिको अवस्थामा पूरा कश्मीर आफ्नो हुनुपर्ने अडान राख्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय