
एक पार्टी अझ त्यसमा पनि कांग्रेसको शेरबहादुर देउवा समूहका नेता भए पनि उनी समाजवादी चिन्तक नेताका रुपमा सबैका आदरणिय थिए। समाजवाद बोलीमा हैन उनको ब्यवहारमै देखिन्थ्यो। यति लामो राजनीतिक यात्रामा पनि उनी कहिल्यै सत्ताको लोभमा परेनन्। जति सक्रिय भए चिन्तनमै सक्रिय भए र आदरणिय रहे।

नेपाली कांग्रेसका सभापति तथा गिरिका चेला शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निकै भावुक देखिएका थिए। मलिन अनुहार अनि लोलाएका आँखाले यी दुवै गिरिको श्वासहीन शरीर हेरिरहेका थिए।

श्रद्धाञ्जलीका लागि पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सबैको अनुहार चित्रमा एकै भाव देखिएको थियो।

लामो सयदेखि बिरामी रहेका गिरिको उपचारको क्रममा शनिवार बेलुका निधन भएपछि उनको सम्मानमा पहिला अस्पताल परिसर अनि त्यसपछि कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो।













