जनकपुरधाम । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुरधाम विमानस्थलमा नेपाली सेना परिचालन गरिएको छ ।
यसअघि विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा आइतबारदेखि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएकाे हाे ।

विमानस्थलका प्रमुख योगेन्द्र कुँवरका अनुसार स्थानीय तहको निर्वाचनमा विमानस्थलमा खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीहरुलाई चुनावमा खटाउनुपर्ने भएकाले तत्कालका लागि उनीहरुकाे ठाउँमा नेपाली सेनालाई जिम्मा दिइएको हाे ।
नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका हुन् ।
निर्वाचनको सुरक्षामा खटेका सुरक्षाकर्मी नफर्केसम्म नेपाली सेनाले नै विमानस्थलको सुरक्षा गर्ने विमानस्थलका प्रमुख कुँवरले बताएका छन् ।



