अपन दैनिक ब्यूरो ।
सिरहा । स्थानीय तह निर्वाचन–२०७९ अन्र्तगत सिरहा जिल्लाको १७ स्थानीय तहमा पहिलो र दोस्रो दिनसम्म ४ हजार ६९२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन कार्यालय सिरहा अनुसार १७ वटै स्थानीय तहका ८ सय ५४ पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४ हजार ६९२ जनाले उम्मेदवारी दिएका छन् ।
८ नगरपालिका र ९ गाउँपालिका रहेको सिरहा जिल्लामा प्रमुख/अध्यक्ष पदमा २९७, उपप्रमुख/उपाध्यक्ष पदमा १३४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ । जिल्लाको १६४ वडाका लागि वडाध्यक्ष पदमा १०६५, सदस्यमा १ हजार ६१७, महिला सदस्यमा ७९७ र दलित महिला सदस्य पदमा ६७८ जनाले उम्मेदवारी दिएका छन् ।

लहानमा सवैभन्दा वढी उम्मेदवारी दर्ता
सिरहा जिल्लाको सबैभन्दा वढी वडा रहेको लहान नगरपालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी प्रमुखमा २० जना, उपप्रमुखमा ६ जना र २४ वटा वडामा वडाध्यक्ष ११४, खुला सदस्यमा १८०, महिला सदस्यमा ९२ र दलित महिला सदस्यमा ८५ गरी ४ सय ९७ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
सिरहा नगरपालिकामा ६ सय ३७ जनाको उम्मेदवारी
२२ वडा रहेको सिरहा नगरपालिकामा प्रमुखमा २४, उपप्रमुखमा १०, वडाध्यक्षमा १६१, खुला सदस्यमा २२६, महिला सदस्यमा ११२ र दलित महिला सदस्य ११० जना गरी ६३७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।
गोलबजार नगरपालिकामा ४ सय २ जनाको उम्मेदवारी
यस्तै सिरहाको गोलबजार नगरपालिकामा प्रमुख पदमा ३०, उपप्रमुख पदमा १७ र १३ वटा वडाका लागि वडाध्यक्षमा ९०, खुला सदस्यमा १३६, महिला सदस्य ६४ र दलित महिला सदस्य ६८ गरी ४ सय २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

धनगढीमाई नगरपालिकामा ३ सय ७० जनाको उम्मेदवारी
यस्तै सिरहाको धनगढीमाई नगरपालिकामा प्रमुख पदमा १६, उपप्रमुखमा ८, वडाध्यक्षमा ७७, खुला सदस्य १३७, महिला सदस्यमा ६५ र दलित महिला ६७ गरी ३ सय ७० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कर्जन्हा नगरपालिकामा ३७८ जनाको उम्मेदवारी
यस्तै सिरहाको कर्जन्हा नगरपालिकामा विभिन्न पदमा ३ सय ७८ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रमुखमा १३, उपप्रमुखमा ७, वडा अध्यक्षमा ४, खुला सदस्यमा १३, महिला सदस्यमा ७०, दलित महिलामा ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सुखिपुर नगरपालिकामा ३३० जनाको उम्मेदवारी
यस्तै सिरहाको सुखिपुर नगरपालिकामा विभिन्न पदमा ३ सय ३० जनाको उम्मेदवारी दर्ता भएको छ । प्रमुखमा १९, उपप्रमुखमा ९, वडा अध्यक्षमा ७६, खुला सदस्यमा ११५, महिला सदस्यमा ५९, दलित महिलामा ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कल्याणपुर नगरपालिकामा ३८४ जनाको उम्मेदवारी
यस्तै सिरहाको कल्याणपुर नगरपालिकामा विभिन्न पदमा ३ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रमुखमा १७, उपप्रमुखमा ९, वडा अध्यक्षमा १०६, खुला सदस्यमा १३३, महिला सदस्यमा ६०, दलित महिलामा ५९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मिर्चैया नगरपालिकामा २६५ जनाको उम्मेदवारी
यस्तै सिरहाको मिर्चैया नगरपालिकामा विभिन्न पदमा २ सय ६५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रमुखमा १८, उपप्रमुखमा ९, वडा अध्यक्षमा ६०, खुला सदस्यमा ८८, महिला सदस्यमा ४४, दलित महिलामा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
लक्ष्मीपुर पतारी गाउँपालिकामा १९२ जनाको उम्मेदवारी
यस्तै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विभिन्न पदमा १ सय ९२ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा १२, उपाध्यक्षमा , वडा अध्यक्षमा ३७, खुला सदस्यमा ६, महिला सदस्यमा ३२, दलित महिलामा ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

भगवानपुर गाउँपालिकामा १८८ जनाको उम्मेदवारी
यस्तै सिरहाको नवराजपुर गाउँपालिकामा विभिन्न पदमा १ सय ८ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा १, उपाध्यक्षमा ८, वडा अध्यक्षमा ४१, खुला सदस्यमा ६१, महिला सदस्यमा ३०, दलित महिलामा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अर्नमा गाउँपालिकामा १६७ जनाको उम्मेदवारी
यस्तै सिरहाको अर्नमा गाउँपालिकामा विभिन्न पदमा १ सय ६७ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा १६, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ३६, खुला सदस्यमा ५६, महिला सदस्यमा २६, दलित महिलामा २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
विष्णुपुर गाउँपालिकामा १६१ जनाको उम्मेदवारी
यस्तै सिरहाको विष्णुपुर गाउँपालिकामा विभिन्न पदमा १ सय ६१ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा १७, उपाध्यक्षमा ७, वडा अध्यक्षमा ३४, खुला सदस्यमा ५२, महिला सदस्यमा २५, दलित महिलामा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सखुवानन्कारकट्टी गाउँपालिकामा १५४ जनाको उम्मेदवारी
यस्तै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा विभिन्न पदमा १ सय ५४ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा १५, उपाध्यक्षमा ७, वडा अध्यक्षमा ३६, खुला सदस्यमा ४७, महिला सदस्यमा २५, दलित महिलामा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बरियारपट्टी गाउँपालिकामा १४९ जनाको उम्मेदवारी
यस्तै सिरहाको बरियारपट्टी गाउँपालिकामा विभिन्न पदमा १ सय ४९ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा १३, उपाध्यक्षमा ५, वडा अध्यक्षमा ३३, खुला सदस्यमा ४८, महिला सदस्यमा २५, दलित महिलामा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
औरही गाउँपालिकामा १४७ जनाको उम्मेदवारी
यस्तै सिरहाको औरही गाउँपालिकामा विभिन्न पदमा १ सय ४७ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा १३, उपाध्यक्षमा ७, वडा अध्यक्षमा २९, खुला सदस्यमा ४९, महिला सदस्यमा २४, दलित महिलामा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नवराजपुर गाउँपालिकामा १३९ जनाको उम्मेदवारी
यस्तै सिरहाको नवराजपुर गाउँपालिकामा विभिन्न पदमा १ सय ३९ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा २४, उपाध्यक्षमा ५, वडा अध्यक्षमा २५, खुला सदस्यमा ४४, महिला सदस्यमा २१, दलित महिलामा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नरहा गाउँपालिकामा १३२ जनाको उम्मेदवारी
यस्तै सिरहाको नरहा गाउँपालिकामा विभिन्न पदमा १ सय ३२ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा १३, उपाध्यक्षमा ८, वडा अध्यक्षमा २६, खुला सदस्यमा ३९, महिला सदस्यमा २३, दलित महिलामा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!