जनकपुरधाम । नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले पार्टी परित्याग गरेका छन् ।

जनकपुरको मेयरमा जनता समाजवादी पार्टी (जसपा) लाई समर्थन गर्ने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । शुक्रबार पत्रकार सम्मेलन गरेका साहले  जनकपुरमा पार्टी मजबुत हुँदाहुँदै जसपालाई समर्थन गर्ने पार्टीको निर्णय आत्मघाती भएको बताए ।

यसप्रति जिल्ला सभापतिसहित अधिकांश नेता रूष्ट रहेको र आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको  उनले बताए ।

अब स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिने उनले बताए । साहले भने, ‘यहाँका मतदाताले कांग्रेसीलाई नै मत हाल्छन् । प्रधानमन्त्री वा गृहमन्त्री आएर गठबन्धनमा हाल्न लगाउन सक्दैनन् ।’

उम्मेदवारी दर्ता गर्ने समयसम्म नेतृत्वले निर्णय पुनर्विचार गरे आफूले पनि राजीनामाबारे सोच्न उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर