सिरहा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंले आफूलाई चुनाव हराए पनि सिरहाले जिताएको भन्दै धन्यवाद दिएका छन् ।

सिरहाले नजिताएको भए आफू दोस्रोपटक प्रधानमन्त्री बन्ने र संविधान कार्यान्वयनको अवसरबाट वञ्चित हुने खतरा रहेको उनले सम्झिए ।

सिरहाको मिर्चैयामा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो राजनीतिक जीवनसँग सिरहा जोडिएको बताएका हुन् ।

‘पहिलो संविधान सभामा म रोल्पा र काठमाडौंबाट लडेको थिएँ, दोस्रो संविधान सभा चुनावमा मधेसबाट लड्छु भनें, प्रचण्ड पहाडी मात्र होइन, मधेशी जनतालाई बढी प्रेम र भरोसा गर्छु,’ प्रचण्डले भने, ‘२०७० सालमा माओवादीलाई परास्त गर्ने निकै ठूलो षड्यन्त्र भएको थियो । काठमाडौंमा हारें, सिरहामा चुनाव जितें । तपाईंहरूले नजिताएको भए, संविधान कार्यान्वयन गर्ने र देशलाई निर्वाचनमा लैजाने अवस्था हुने थिएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय