सिरहा । पार्टी विभाजन भएर नेकपा एमालेमा रहँदै आएका सिरहा नगरपालिका ८ का स्थानीय नेता इन्द्रदेव दास पार्टी परिवर्तन गरेका छन् ।

मधेश प्रदेशका कानूनमन्त्री प्रमोद कुमार यादवको उपस्थितीमा आयोजित कार्यक्रममा नेता दास नेकपा एकीकृत समाजवादीमा फर्किएका छन् । नेकपा एसमा फर्किएपछि मन्त्री यादवले फूलमालाले स्वागत गरेका थिए । स्थानीय तह निर्वाचनको तयारी भईरहेको बेला आफ्नै वडाका नेता दासलाई पार्टीमा भित्र्याउनु पाउनु सुखद क्षण रहेको मन्त्री यादवे बताएका छन् ।

उक्त अवसरमा नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यहरु राम नन्दन मण्डल, मो. मोहमुद, रविन्द्र साह, नेता देवेन्द्र गोहिवार लगायत नेता कार्यकर्ता सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय