जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर चारजना किशोरको मृत्यु भएको छ । सोमबार साँझ करिब ८ बजे धनुषाको सवैला नगरपालिका वडा नं. १२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बीच सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो।

त्यस्तै एकजनाको अवस्था गम्भीर रहेको छ । मोटरसाइकल दुर्घटनामा परेर सबैला २ का १२ वर्षीय लक्ष्मी यादव, १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादवको ज्यान गएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

त्यस्तै १९ वर्षीय सुरेन्द्र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । पाँचै जना एउटा मोटरसाइकलमा सवार थिए ।

दुर्घटनामा परेर पाँचैजना गम्भीर घाइते भएकोमा उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएकोमा चारजना किशोरलाई चिकित्सकले मृत घोषणा गरका छन् । एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!