अपन दैनिक ब्यूरो ।
सिरहा  । सिरहाको मिर्चैयामा रहेको मोहन नमुना माध्यमिक (प्राविधिक) विद्यालयमा शिक्षक भर्नाको विषयमा विवाद भएपछि झडप भएको छ । शिक्षक भर्ना गर्न विद्यालयले परीक्षा लिने खोज्ने क्रममा स्थानीयको विरोध भएपछि झडप भएको छ । झडपमा परी सात जना सुरक्षाकर्मीसहित एक दर्जनभन्दा बढी घाईते भएका छन् ।

प्राथमिक तहका ५ जना करार शिक्षक भर्ना गर्न विद्यालयले आईतवार परीक्षा लिन खोज्दा स्थानीय दलिय प्रतिनिधी र प्रहरी वीच झडप हुँदा ७ जना सुरक्षाकर्मीसहित एक दर्जनबढी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र समान्य भएकोले घर फर्किएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन् । झडप भएपछि विद्यालयले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको डिएसपी वुढाथोकीले बताएका छन् ।
नगरपालिकाका जनप्रतिनिधी र विद्यालयका प्रध्यानाध्यापकले आर्थिक चलखेलमा मिलेमत्तो गरी शिक्षक भर्ना गर्न खोजेको स्थानीय दलीय प्रतिनिधिहरुको आरोप रहेको छ । मिर्चैया नगर प्रमुख र विद्यालयका प्राधानाध्यापक अशोक कुमार यादवले रकम चलखेलमा आफ्ना आफन्तहरुलाई भर्ना गर्न खोजिएपछि विवाद भएको विरोधमा उत्रिएका पक्षको दावी रहेको छ । यससँगै मिर्चैया नगरपालिका–३ मा रहेको आधारभुत विद्यालयमा पनि एक जना शिक्षकको परीक्षा विरोध भएपछि स्थगित गरिएको छ ।

नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयका लागि १४ जना शिक्षक कर्मचारी भर्ना गर्न ६ जनाको लागि परीक्षाको कार्यक्रम तय गरिएको थियो । विवादसँगै परीक्षा अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको छ ।
घटना सम्बन्धमा प्रअ अशोक यादवले सवै प्रक्रिया पुरा गरी परीक्षाको मिति तोकिएको बताएका छन् । ‘विद्यालयले मंसिरमै एक जना प्राविधिक तर्फ भेटेरिनरी निमावि, एक जना मावि, साधारणतर्फ एकजना निमावि र ५ जना प्राथमिक शिक्षाका लागि जम्मा ७ जनाको सूचना निकालेको र त्यसको परीक्षा लिन कार्यक्रम सार्वजनिक गरेको थियो,’ उनले भने । ५ जना प्राथमिक शिक्षकको लागि २४ जना उम्मेदवारले फर्म भरेको समेत प्रअ यादवले जानकारी दिएका छन् । चार महिना पछि परीक्षा लिनुको कारण जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुखको सरुवा र अन्य कारणले परीक्षाको मिति ढिलो भएको प्रअ यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय