अपन दैनिक ब्यूरो ।
 सिरहा । सिरहाको मिर्चैया नगरपालिका–४ कुथनमामा जग्गाको विषयमा विवाद हुँदा एकै परिवारका सात जना घाईते भएको छ ।

घडेरी जग्गाको विषयमा विवाद हुँदा दाजुभाईमै कुटाकुट भएको प्रहरीले जनाएको छ । एक आपसमा विवाद हुँदा एकै परिवारका सात जना घाईते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाईते हुनेमा मिर्चैया नगरपालिका–४ कुथनमाका ७२ वर्षीय गुपुत मुखिया, उनको श्रीमती ६५ वर्षीया कौशिला मुखिया धाइते भएको छ । त्यस्तै अर्का पक्ष ४५ वर्षीय श्याम मुखिया, उनको श्रीमती ३५ वर्षीया देवकुमारी देवी मुखिया, उनको छोरी २३ वर्षीय राम पबितर मुखिया र बहिनी १७ वर्षीया अस्मिता कुमारी मुखिया घाइते भएको प्रहरीले जनाएको छ ।

यसैवीच प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । झडपमा संलग्न रहेका ५६ वर्षीय चौठी मुखियालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका मुखिया पनि घाईते रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!