जनकपुर । धनुषाको छुट्टाछुट्टै स्थानमा आज भएको घटनामा दुईजनाको मृत्यु भएको छ । पोखरीमा डुबेर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ निवासी १२ वर्षीय कर्णकुमार दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय पोखरीमा दासलाई डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा दासको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यस्तै, करेन्ट लागेर धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६, वैरिया निवासी २६ वर्षीय ललित यादवको भएको छ ।

आफ्नै घरमा जडान गरेको मोटरको पानीले भैँसीलाई नुहाउने क्रममा मोटरबाट करेन्ट लागि घाइते भएका यादवलाई उपचारका लागि जनकपुरधामस्थित जानकी हेल्थकेयर ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको धनुषाले प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय