४ वैशाख, दाङ । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको  डीएसपी मल्लले बताए ।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए ।  यसअघि उनी  ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।घटनाबारे अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय