१ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वको रुपमा मनाइँदैछ । सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ ।
हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ ।

वैशाख १ गतेको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ । देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुकाबिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ ।



