काठमाडौँ । राष्ट्रियसभाका नेकपा (एमाले) की सांसद डा.विमला राई पौडेलले मिटरब्याजी पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छन् । मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ ? भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाई छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि आफूहरुले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाई भएजस्तो नलागेको पनि बताइन् ।




