काठमाडौँ । विगत २५ वर्षदेखि फरार रहेका प्रेम लामा भन्ने ओमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात् फरार रहेका लामालाई पक्राउ गरी दिन भनी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट पत्राचार भएको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५९ वर्षीय तामाङलाई पक्राउ गरेको हो ।




