काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी वैशाख १० हुन लागेको उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले एक वक्तव्य जारी गर्दै तनहुँको क्षेत्र नं. १, चितवनको क्षेत्र नं. २ तथा बाराको क्षेत्र नं. २ मा हुने भनिएका उपनिर्वाचन बहिष्कार गर्ने बताएका हुन् ।




