२७ चैत, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ३००, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८०० र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।




