जनकपुरधाम । सिरहाको मिर्चैया बजारका सुकुम्बासी तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् ।
बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

गाउँब्लक र बहाल बिक्टोरीको जग्गा अतिक्रमण गरिएको भन्दै केहि समयअघि उक्त जग्गामा बनेका संरचनाहरु नगरपालिकाले स्थानीयको विरोधका बावजुद भत्काइदिएको थियो ।
आफूहरुलाई बस्न र व्यापार गर्नका निम्ति तत्काल व्यवस्था गरिनुपर्ने, नगरपालिकाले घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, बस्दै आएको जग्गाको लालपूर्जा दिइनुपर्ने, आफूहरुमाथि ज्यादति भएकाले छानविन गरी न्याय दिइनुपर्ने लगायतका माग उनीहरुले गरेका छन् । आफूहरुको मागको सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुको छ ।



