कार्यव्यवस्था समितिको पहिलो बैठक सुरु भएको छ।
गत बुधबार प्रतिनिधिसभाको कार्यसूची तय गर्ने कार्यव्यवस्था परामर्श समितिमा दलीय प्रतिनिधित्व टुंगो लागेको थियो। समिति २१ सदस्यीय रहने सहमति भएको थियो।

समितिमा कांग्रेसबाट ६ जना, एमालेबाट पाँचजना, माओवादी केन्द्रबाट दुईजना र अन्य पार्टीबाट एक–एकजना सदस्य छन्। तीबाहेक अन्य दल तथा स्वतन्त्र सांसदको तर्फबाट एकजना सदस्य छन्।
संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक दिउँसो १ बजे बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आ.व. ०७८/७९ पेस गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 



