काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र्र्र्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् । घरबेटीका कारण प्र्र्रचण्ड बेलाबखत विवादमा मुछिने गरेका छन् । उनको निर्माण कम्पनी शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिले काठमाडौंको आकाशेधारा–राममन्दिर–कृष्ण मन्दिर सडकको निर्माण गत १५ फागुनमा नै सम्पन्न गर्ने प्रतिबद्धता गरे पनि अझै निर्माण अपुरै छ ।

गत पुस अन्तिम साता निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकामा सडक निर्माणको ठेक्का लिएका १५ वटा निर्माण कम्पनीलाई बोलाएर काम सक्ने मितिसहितको लिखित प्रतिबद्धता गराए । त्यतिबेला सैलुङले १५ फागुनसम्म निर्माण सम्पन्न गर्ने समझदारी गरेर निस्कियो । त्यसयता, भौतिक मन्त्री नै फेरिएका छन् । तर, सडक बाटो जस्ताको तस्तै मात्रै हैन झन् बिगिँ्रदो छ ।

यसरी लिखित सम्झौताअनुसार काम नगर्नेमा सैलुङ मात्र हैन उपत्यकाको सडक निर्माणको ठेक्का लिएका अपवादबाहेक सबै निर्माण कम्पनीले निर्माण सम्पन्न गर्न सकेका छैनन् ।

तत्कालीन भौतिकमन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा सडक निर्माणलगायतको सरकारी ठेक्का पाएको लामो समयसम्म काम पूरा नगर्ने ठेकेदार कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमै बोलाइ समय सीमा निर्धारण गरेकोमा केहीले मात्र समय सीमाअनुसार काम गरेका हुन् । निर्माण कम्पनीले १५ फागुनदेखि २५ असार २०८० सम्म काम सक्ने लिखित प्रतिबद्धता जनाएका थिए । मिति सकिए पनि कतिको काम सम्पन्न भएको छैन भने असारसम्म सक्ने प्रतिबद्धता जनाएकाको पनि सन्तोषजनक प्रगति हुन सकेको छैन ।

तत्कालीन भौतिकमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरी केही निर्माण कम्पनीले मात्र लिखित प्रतिबद्धताअनुसार काम गरे पनि अन्यले नगरेको र अनुगमन र फलोअप गर्ने क्रममा रहँदारहँदै मन्त्री श्रेष्ठको मन्त्रालय फेरिएको बताउँछन् । त्यस बेला काठमाडौंका ६, भक्तपुरका ४ र ललितपुरका ५ ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायीका प्रतिनिधिलाई बोलाएर अल्टिमेटम दिइएको थियो ।

काठमाडौं जिल्लाअन्तर्गत अलपत्र परेका सडकमा तुदी/प्रेरा जेभी बागडोल ललितपुरले ठेक्का लिएको महांकाल–भृकुटीचोक–तेन्जिङचोक–फैका–आनीगुम्बा–चपली–बूढानीलकण्ठ सडक, दिवा/शैलङ जेभीले ठेक्का लिएको साततले–भण्डारी गार्मेन्ट–आकाशेधारा बालुवाखानी सडक, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का लिएको आकाशेधारा–राममन्दिर–कृष्ण मन्दिर सडक छन् ।
यस्तै, आशीष सीएम जयबाबा जेभीले ठेक्का लिएको सीतापाइला–रामकोट–भिमढुंगा सडक, महालक्ष्मी÷वल्र्डवाइड भण्डार धोदुङ जेभीले ठेक्का लिएको पेप्सीकोला–ब्राहखेल सडक, सुनकोसी÷प्रजिल जेभीले ठेक्का लिएको मित्रपार्क–गौरीघाट–गुहेश्वरी–नयाँबस्ती–जोरपाटी सडकलगायत छन् ।

विगत पाँच वर्षमा भौतिक मन्त्रालयले आधा दर्जनमन्त्री पाइसकेको छ । रघुवीर महासेठ, वसन्त नेम्वाङ, रेणुकुमारी यादव, नारायणकाजी श्रेष्ठ, प्रकाश ज्वाला र प्र्रधानमन्त्री आफैंले पनि यस मन्त्रालयको जिम्मेवारीसहित पाँच वर्षयता आधा दर्जन अनुहार भौतिकले पाएको हो । तर, सडक बाटोहरू जस्ताको तस्तै नै रहने गरेको छ । राजनीतिक अस्थिरताका कारण मन्त्रीहरू फेरिरहने तर बाटोको गुणस्तर र निर्माण प्रगति उस्तै रहने गरेको छ । विश्लेषक हरि रोका राजनीतिक अस्थिरताको सिकार विकास निर्माणमा परेको बताउँछन् । दल र दलका नेताहरूको मुख्य प्राथमिकता विकास निर्माण हुन नसक्दा पनि विकास निर्माणले गति लिन नसकेको उनको ठम्याइ छ । विगतको तीन महिना यता मात्रै भौतिक मन्त्रालयले दुई मन्त्रालय पाइसकेको छ ।

काठमाडौं उपत्यकामा बढे खाल्डाखुल्डी

काठमाडौं उपत्यकाका मुख्य तथा सहायक सडकमा पछिल्लो समय खाल्डाखुल्डी बढेको पाइएको छ । भित्री सडकमा मात्र नभएर मुख्य सडकमा नै खाल्डाखुल्डी बढेको हो ।

मेलम्ची खानेपानी आयोजना र नेपाल विद्युत् प्राधिकरणको बिजुलीका तार भूमिगत पार्ने क्रममा मुख्य सडक भत्काइए पनि खाल्डाखुल्डी पुर्ने काममा सरकारको ध्यान जान सकेको छैन । मुख्य सडकबीच भागमा नै खाल्डाखुल्डी रहे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय