काठमाडौं । प्रधानमन्त्री एवम् पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन कञ्चनपुर गएका छन् ।

उनी बुद्ध एयरको नियमित उडानमार्फत् आज बिहान धनगढी हुँदै कञ्चनपुर प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड धनगढीको गेटा विमानस्थलबाट सीधै कैलालीको  गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले केही राजनीतिक भेटघाट र पार्टी निकट नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय