काठमाडौं– नक्कली कागजातसहितका तीन वटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नक्कली ब्लुबुक बनाइ मोटरसाइकल बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

त्यसैगरी न्यू धनुषा ट्रेड्रर्सको पान बिल ८ थान, त्यसको स्टाम्प, खरिद बिक्री सम्झौतापत्र एक थान र जगतबहादुर लिम्बू र कुमार शाक्यको नामको जग्गा खरिद बिक्री सम्झौता पत्र एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।



