
काठमाडौं : चिसो मौसम सकिएर गर्मी मौसम शुरु भएसँगै पुनः डेंगु संक्रमित देखिन थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका अनुसार फागुन अन्तिम सातायता देशभर ३ सयजना डेंगु संक्रमित भेटिइसकेका छन्। लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बच्च मन्त्रालयले समेत आग्रह गरेको छ।

डेंगुबाट बच्च अपनाउनुस् यी उपाय
-पुरा बाहुला भएको लुगा लगाउने
– झुलभित्र मात्र सुत्ने
-झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
– घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
-खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
– गमलाको प्लेट‚ फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने
– पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
– साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा / बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने।