सिरहा । सिरहामा महिलाहरुको पाठेघर खस्ने समस्याको तीन दिने निःशुल्क शल्यक्रिया शुरु भएको छ ।
सदरमुकाम सिरहामा रहेको प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरेको हो । मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव इमनारायण श्रेष्ठ शल्यक्रिया शिविरको उद्घाटन गरेका छन् ।

प्रदेश सचिब श्रेष्ठले महिलाहरुले पाठेघर (आङ) खस्ने समस्यालाई लुकाउने गरेको बताएका छन् । महिलाहरुले अज्ञानता कारणबस पाठेघर खस्ने समस्या लुकाउने गरेको बताउँदै पाठेघर खस्ने समस्याबारे एक तिहाई महिलाले खुल्न नसक्नु र लुकाएर राख्दा समस्या बढ्दै गएको बताएका छन् । कुन जनसंख्याको करिब १० प्रतिशत महिलामा आङ खस्ने समस्या देखिएको भन्दै सचिव श्रेष्ठले जनचेतना फैलाउनु पर्नेमा जोड दिएका छन् । विशेष गरी १६ देखि ८० वर्ष उमेरका विवाहित महिलामा यो समस्या देखिएको उनले बताए ।
शिविर उद्घाटनमा मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले सानो उमेरमा बिवाह गर्दा यस्ता समस्या बल्झिने गरेको बताएका छन् ।

प्रादेशिक अस्पताल सिरहाका मेसु डा. नागेन्द्र प्रसाद यादवले महिलाहरुको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर सुरुको र सशुल्क भन्दा पनि राम्रो शिविर सञ्चालन गरिेन बताएका छन् । प्रादेशिक अस्पताल सिरहामा कार्यरत चिकित्सक लगायतको सहयोग लिई आङ खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविरलाई सफल बनाउने बताएका छन् । निःशुल्क शल्यक्रियाबाट सेवा लिएका महिलाहरुलाई स्तरीय सेवा दिएमा प्रादेशिक अस्पताल सिरहाको राम्रो सन्देश जनमानसमा जाने उनले बताएका छन् ।

कार्यक्रम प्रादेशिक अस्पताल सिरहाका मेसु डा. यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव श्रेष्ठ, विशिष्ठ अतिथी मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयक कुमार झा, चिकित्सक, कर्मचारी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर