आँखा शिविरलाेहराैलि

सुरेश यादव/नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर-४ लाेहराैलमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल नेत्र ज्याेति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासी नवलपरासीकाे आयाेजना तथा श्रि शिवपार्वति सिद्धधर्म संस्थाको सहकार्यमा एक दिने नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हाे ।

No description available.संस्थाका अध्यक्ष रामनरेश दास पटनवारकाे अध्यक्षता तथा नेपाल नेत्र ज्याेति संघ नवलपरासी शाखाको उपसभापति हरि प्रसाद उपाध्ययकाे प्रमुख अतिथतामा नि:शुल्क आँखा शिविर सञ्चालन कार्यक्रममा प्रमुख अतिथि उपाध्ययले आँखाका विरामिहरुलाई आँखा जाच गरि आँखामा भएको विभिन्न समस्यालाई सफल उपचार गरिने बताए । उहाँले माेतिया विन्दुकाे निशुल्क शल्यक्रिया गरिने बताउदै करिब १५०० सय आँखाका विरामिहरुलाई सफलता पुर्वक चेकजाच गरेर माेतिया विन्दु भएको विरामिहरुलाई निशुल्क शल्यक्रिया समेत गर्ने बताउनुभएको थियो ।

No description available.संस्थाकाे सचिव राजेश मण्डि पटेलकाे स्वगत मन्तब्यबाट सुरु भएको शिविर कार्यक्रममा डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासी नवलपरासीकाे रमेश राज विष्ट र आँखा शिविर टाेलि प्रमुख नेत्र अधिकृत डाक्टर नेत्र मगर, पत्रकारलगाएतकाे उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका सदस्य मानेश्वर सहानिले गर्नुभएको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!