नाग पञ्चमी

हिन्दुसंस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी दिन नाग पूजा गरी नाग पञ्चमी मनाउँने गरिन्छ ।

नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआरधाना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएको स्गथानहरु पोखरी, पानी भएको कुवा ईनारमा गई पूजा गर्ने चलन छ ।

नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । त्यस्तै नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दु, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।

यसले गर्दा घरमा चट्याङले नहान्ने, आगो तथा सर्पको भय नहुने हाम्रो धार्मिक आस्था तथा विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तीथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरु भएको मानिन्छ । ज्योतिष शास्त्रिय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हुर्नु पर्दैन । कुनैपनि घर तथा बंगाला निर्माण गर्दा भूमीमा नाग देवाताको बास भए आजकै दिनमा बिधिवत् पूजाआज गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।

सर्प र पर्यावरण

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ ।

यसैले सर्प रहे मात्र हामी मान्छे जीवित र स्वस्थ्य रहन सक्छौं । मान्छे मात्र होइन, चराचर जगतको सन्तुलन मिल्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो ।

कुण्डलीमा राहु केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर्र जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।

नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्यको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ सुरु गरे ।

यस महायाज्ञमा सिद्ध ऋषिमुनी, साधु, पण्डितहरु आमन्त्रण गरियो । उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सर्प त्यही भष्म हुन्छ । तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन् । यो देखेर सबै छक्क पर्छन् ।

तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफी मागेपछि उनले यज्ञ स्थगन गर्छन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पले पूर्नजीवन पाउँछन् ।

भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको शैयमा फणको छातामुनी शयन गर्ने भएकाले दुबैै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाएका भगवान गणेशको एक हातमा नाग छ । भगवान विष्णुको अवतारको रुपमा लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!