जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख (सिडियो)ले सदरमुकामको सुरक्षा गर्न नसकिने अभिव्यक्ति दिए । ऐतिहासिक महत्वको लोक नायक राजा सलहेशको प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजनाको तयारी भै रहेको थियो । महोत्सवको सुरक्षासंगै सदरमुकाममा ठूलो संख्यामा दर्शक आउने निश्चित थियो । त्यही भएर सदरमुकाम र महोत्सवको शान्ति सुरक्षा महत्त्वपूर्ण विषय थियो । शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी स्थानीय प्रशासनको हातमा हो । त्यही भएर स्थानीय क्लवले प्रशासनसंग शान्ति सुरक्षाको बन्दोबस्ती गरिदिन आग्रह गर्न पुगेको थियो । सिरहाका सिडियोले महोत्सवमा ठूलो संख्यामा दर्शक आउने भएकोले शान्ति सुरक्षा गर्न नसकिने अभिव्यक्ति दिए । यसले सदरमुकाम सिरहाको शान्ति सुरक्षाको अवस्थालाई झल्काएको छ । स्थानीय प्रशासनको भूमिकालाई उदांगो पारिदिएको छ ।

अर्को तिर हेरौ, सिरहामा तस्करी हुन्छ । भारतवाट अवैध रुपमा करौडौको समान सिरहाको विभिन्न मा भन्सार छलेर आईपुग्छ । नेपालवाट सिरहाको विभिन्न नाका भएर भरतमा समान तस्करी गरिन्छ । भारततर्फ विषेशगरि मदिरा, सुपारी, चाइनिज स्याउ लगायतका सामाग्रीको भन्सार छलेर निर्यात गरिन्छ । नेपालतर्फ लत्ताकपडा, स्पेयरपार्टस, ईलेक्ट्रोनिक्स समानदेखी खाद्यान्न भन्सार छलेर तस्करी गरिदैछ । यो तस्करीलाई सहज गरिदिने काम जिल्लाका सुरक्षा निकायको आर्थिक लेनदेनको सेटिङमा हुँदै आएको छ । तस्करी सिवाय जिल्लामा ग्राभेल अवैध उत्खनन, नदीहरुम चरम दोहन भैरहनु सुरक्षा अधिकारीहरुको मिलेमतोम हो । जिल्लामा अवैध क्रियाकलाप हुनुमा प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण रहन्छ ।

प्रहरी प्रशासनको भूमिका न्याय सम्पादनमा निकै अहम छ । जिल्लाभरको शान्ति सुरक्षाको बहाल गर्ने र समाजको तल्लो तप्कामा रह्ने समुदायलाई सुरक्षित वातावरण दिनुपर्छ । त्यही भएर नागरिकको बडो अपेक्षा सुरक्षा अधिकारीसंग रहने गर्छ । त्यही भएर सुरक्षा अधिकारीले शान्ति सुरक्षा बहाल गर्ने आफ्नो मूलभूत जिम्मेवारीसंगै जिल्लाको अन्य सरोकारको विषय बलियो भूमिका निर्वाह गर्नुपर्छ । सिरहा जिल्लामा बेलाबेला सुरक्षा अधिकारीहरु आफ्नो मूलभूत मुद्दावाट अलग भएर आर्थिक असुलीमा केन्द्रित हुने गरेको तथ्य छ । यही कारण सुरक्षा अधिकारीहरु कमजोर कार्यसम्पादन र आर्थिक असुलीमा मुछिएर जिल्ला छाड्नु परेको कयौं घटना छ । जसमा व्यापक सुधार जरुरी छ ।

सिरहाको औरहीमा भएको जातीय विभेदको घटनालाई गम्भीर रुपमा नलिएका कारण अहिले नयाँ द्वन्द सृजना भएको छ । समयमै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले आफ्नो जवाफदेहिता देखाउन सकेको भएको अहिले सृजित घटनामा लगाम लाग्न सकिन्थ्यो । प्रहरी समाजको कमजोर वर्ग भएकोले नै जवाफदेहिता विहिन बन्दा सुरक्षा अधिकारी गृह मन्त्रालयको रडारमा परेको छ । जिल्लाको सुरक्षा र प्रशासनको भूमिकाले संदेह पैदा गरेको छ । उनीहरु जवाफदेही बन्न सक्नु पर्छ । राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने पूर्ण प्रयास गर्नु पर्छ । जसले गर्दा शान्ती सुरक्षा बहाल गर्न सकिन्छ भने समाजको तल्लो तप्कामा रहेकोअ समुदायले पनि सुरक्षित महसुस गर्न सक्छ । यसैले जिल्ला सदरमुकामको शान्ति सुरक्षा गर्न नसकिने तर तस्करीलाई मलजल गर्ने काम बन्द गर्नु पर्छ । सिरहा प्रशासनले यो सवालमा आफूलाई अब्बल बनाउनु पर्छ । सिरहाको व्यापार व्यवसाय धरायासी बनाउने गरि सुरक्षित बनाउने कार्य बन्द गर्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!