बहुप्रतिक्षित कमला नदीमा पक्की पुल निर्माण अलपत्र छ । विगत १३ वर्षदेखि निर्माणाधीन पुल भाँसिएपछि त्यसले जोखिम थपिदिएको छ । पुल निर्माण नै कमसल सुरु गरिएपछि उद्घाटन अगावै पुल भाँसियो । त्यही भएर नयाँ पुलको माग गर्दै १० जना युवाहरुले आमरन अनसन गरे । आमरन अनसनको चौथों दिनमा मधेश प्रदेश सरकारले चार बुँदे सहमति गर्दै अनसन स्थागत गराउन सफल भए । यसरी आमरन अनसन तत्काललाई स्थगत गरिएपनि भोलीका दिनमा पुनः आमरन अनसनको अवस्था नआओस् भन्दै मधेश प्रदेश सरकार र प्रदेश सभा सदस्यहरुले ध्यान पुर्याउनु पर्छ । यो आमरन अनसन लाखौं नागरिकको जीवनसँग जोडिएर गरिएकोले पनि चौतर्फी समर्थन मिल्यो । यस अर्थमा मधेश सरकारले चार बुँदे सहमित गरेपछि त्यसको पूर्ण पालनाको सुनिश्चितता गर्न जरुरी हुन्छ ।

हुलाकी राजमार्गलाई जोड्न कमला नदीमा नयाँ पक्की पुल निर्माण गर्ने सहमति, त्यसका निम्ति मंसिर १ भित्र डिपिआर गर्न बोलपत्र निकाल्ने, संघ संरकारसँग बजेटको पहल गर्ने, बजेट नदिए प्रदेश सरकारले आफ्नै पूर्ण लगानीमा पुल निर्माण गर्ने र आमरन अनसन स्थगत गर्ने सहमित भयो । यो सहमति हुनु पनि जरुरी थियो । अब सहमति मधेश प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारमा अहिले नेतृत्व जनमत पार्टीको रहेको छ । जसमा नेपाली काँग्रेस, नेकपा एमाले सक्ता साझेदार दल छ । नेपालमा सरकार छिनछिनमा बदलिने यर्थात छ । कतिखेर गठबन्धन फेरबदल हुने र सरकार परिवर्तन हुने त्यसको टुंगो हुँदैन् । यसैले लाखौं नागरिकको दैनिकीसँग मात्र नभएर हुलाकी राजमार्ग सञ्जाललाई सुरक्षित र स्थापित गर्न कमला नदीमा प्राविधिक दृष्टिकोणले बलियो र पयर्टनको आकर्षणको केन्द्रको रुपमा रह्ने गरी कमला नदीमा नयाँ पुल अपरिहार्य छ ।

मधेश प्रदेश सरकारले गरेको चारबुँदे सहमितलाई पूर्ण रुपमा कार्यान्वयन गराउन र सवैको साझा बनाउन पनि यो सहमितलाई मधेश प्रदेश सभाबाट अनुमोदन गराउन जरुरी देखिएको छ । भोलीका दिनमा सक्ता हेरफेर भएपनि प्रदेश सभाबाट अनुमोदन भएको विषयलाई सवै दलले स्वामित्व लिनुपर्ने हुन्छ । यस अर्थमा मधेश सरकारले अनसनकारीसँग गरेको चार बुँदे सहमतिलाई मधेश प्रदेश सभाबाट अनुमोदन गराई यस सहमतिलाई सवैको साझा सहमतिको रुप दिन जरुरी छ । यसका निम्ति पनि प्रदेश सरकारले आउँदो प्रदेश सभाको बैठकमा सहमतिलाई साझा बनाउने काम पहिलो चरण गर्नुपर्छ । यो कमला पुलमा खेलांची हुनुमा मुख्य दोषी यस क्षेत्रका राजनीतिक नेतृत्व नै हो । सिरहा र धनुषाका राजनीतिकर्मीहरु पटकपटक सक्तामा पुगेपनि कमला पुलप्रति वेवास्ता गरेको देखिएको छ । यसैले आमरन अनसन जस्तो कठिन संघर्षमा युवाहरु उत्रिनु पर्यो । यस कठिन आन्दोलनलाई नागरिक तप्कावाट भरपूर साथ र समर्थन मिल्यो । अब पालो प्रदेश सभाबाट आन्दोलनकर्मीसँग गरिएको सहमतिको अपनत्व लिदै पुल निर्माणको ग्यारेन्टीको साक्षी बन्नुपर्ने हो । यसमा प्रदेश सभा सदस्यहरुले एकमत भएर बहुप्रतिक्षामा रहेको कमला नदीमा नयाँ पक्की पुल निर्माणको सुनिश्चित गर्नु दृढ हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!