असार लागेपछि ग्रामीण भेगदेखि सहर बजारमा विकासका गतिमा तिव्रता देखिने गर्छ । जिल्लाका १७ वटै स्थानीय तहले पूर्वाधार निर्माणमा असारमा वढी नै ध्यान दिएको देखिन्छ । असार महिनामा हुने विकासलाई ‘असारे विकास’ को संज्ञा दिने गरिन्छ ।
आर्थिक वर्ष सकिन लाग्दा वर्षभरीको विकास यसै महिनामा गरिने चलन अझैं कायम छ । जसले पूर्वाधार निर्माणसँगै समाजिक विकासका काममा सरकारी रकम दुरुपयोगका उच्च सम्भावना रह्ने गरेको छ । यस वर्ष पनि जिल्लामा केही यस्ता असारे विकास भएको छ, जसको चर्चा चुलिएको छ ।
विशेषत ः कमला नदीवाट सिंचाई प्रायोजनको निम्ति निर्माण गरिएको कमला नहर पूर्वी सिचाई प्रणालीले सेटिङको खेलमा कमसल निमार्ण गर्दा दुई साता पनि टिक्न नसकेका घटना सार्वजनिक भएको छ । विष्णुपुर गाउँपालिका १ रजोखरी नजिकै २८ लाखमा निर्माण गरिएको लाइनिङ प्यानल दुई साता नबित्दै भत्कियो । कार्यालयकै सेटिङमा ठेकेदारले निर्माण भएको प्यानल दुई साता नटिक्नु असारे विकासमा हुने गम्भीर लापरबाही देखाउँछ । यस सन्दर्भमा जिल्ला प्रशासनले छानबीन पनि गरिरहेको छ ।
कमला नहर पूर्वी सिचाई प्रणालीले गरेको असारे विकासमा छानबीन सहित कारबाही हुनुपर्छ । त्यससँगै जिल्लामा असार महिनामा सडक कालोपत्र, ढलान, नाल निर्माण जस्ता भौतिक पूर्वाधार निर्माण र सामाजिक विकासमा अबौं रकम खर्चिएको छ । तर त्यसको दिगोपनको कुरामा प्रयाप्त ध्यान पुग्न सकेको छैन् ।
यस अर्थमा पनि सुशासन कायम राख्ने ईकाइ जुन स्थानीय तह, जिल्ला प्रशासन, अख्तियारहरुले निगरानी राख्नु पर्छ । त्यससँगै स्थानीय नागरिक अगुवाहरुले असारे विकासलाई निरुत्साहित बनाउने गरी अभियान र दबाब सृजना गर्नुपर्छ । असारमा हुने मिलिभगतको योजना र कमिसनको खेललाई रोक्न नागरिक तवरबाट सक्रियता हुनु अपरिहार्य छ ।