अपन दैनिक
असोज १५, २०७७ मा प्रकाशित
५७१ पटक पढिएको

संक्रमितलाई पौष्टिक आहार (सम्पादकीय)

नोबेल कोरोना भाईरसवाट संक्रमितको आहार कस्तो हुनुपर्छ ? कस्ता खानेकुराले कोरोना भाईरसको संक्रमणवाट निको हुन सघाउ पुर्याउँछ ? यी प्रश्नहरु कोरोना भाईरसको संक्रमण फैलिएसँगै चर्चा पाएका थिए ।
अहिले पनि कोरोना संक्रमितको खानपानका बारेमा चौतर्फी जिज्ञासा र सोधका कुराहरु सार्वजनिक हुँदै आएको छ । विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य क्षेत्रका सोधकर्ताहरुले खोपमा भैरहेको ढिलाईलाई ध्यानमा राखेर कोरोना भाईरसको संक्रमणवाट बाँच्न मानिसलाई आफ्नो रोग प्रतिरोधात्मक क्षमता वढाउने उपायलाई महत्वपूर्ण मानिसकेको छ ।

आर्युवेदिक हिसाबले बेसार, अदुवा, लंग, तुलसीको पात, निमको पात जस्ता वहुगुणी घरेलु सामानहरुको काढा बनाएर सेवन गर्न सुझाएका छन् । यसले मानिसको रोग प्रतिरोधात्मक क्षमता(यूमिनटी पावर)मा वृद्धि हुने र कोरोना भाईरसको संक्रमणसँग लड्न सघाउन पुग्ने दावी गरिएको छ । देशमा कोरोनाको संक्रमितहरु आईसोलेसन केन्द्र, होम आईसोलेसन रहँदा निको हुन यस्तै घरेलु उपायहरु अपनाएका छन् । जटिल अवस्था वाहेक धेरैजना  कोरोनावाट निको हुन यस्ता काढाको सेवन गरेको पाईन्छ ।

यसले के यो पनि प्रष्ट पारिसकेको छ, कोरोनालाई जित्न शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि ल्याउनु अति आवश्यक छ । त्यसका निम्ति पौष्टिक आहारसँगै घरेलु प्रयोगमा आउने सामग्रीको उपयोग जरुरी छ । सिरहा जिल्लामा सवैभन्दा कोरोना संक्रमितको संख्या कारागारमा देखिएको छ । करिब ६ सय कैदीबन्दीमध्ये कोरोनाको संक्रमणको चपेटामा ५ सय १४ जना परेका छन् । तर उनीहरुलाई पौष्टिक आहारको कमी हुँदै आएका छन् ।

दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँले कोरोना जित्न कठिन हुने कुरा प्रष्ट हो । जिल्ला प्रशासन कार्यालयमा वसेको कोभिड–१९ रोकथाम नियन्त्रण गर्न बनेको समितिले खानेकुराको मापदण्ड तय गरेको छ । त्यसै अनुसार कारागार बाहेक महेन्द्र गेनाई र चन्द्र माध्यमिक विद्यालयमा रहेका कोरोना संक्रमितलाई खानेकुरा दिदै आएको छ । तर कारागारमा रहेका कैदीवन्दीसँग त्यस अनुसारको सुविधा छैन् । हुनत् सिरहा नगरपालिकाले हर्लिक्स र स्याउ उपलब्ध गराएपनि त्यो प्रयाप्त छैन् । यसैले पनि कारागारमा रहेका कोरोना संक्रमितलाई प्रयाप्त मात्रामा पौष्टिक आहारको व्यवस्थापन गर्न आवश्यकता छ । यसप्रति कोभिड–१९ रोकथाम नियन्त्रण समितिले पहल गरी व्यवस्थापन गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!