मधेश प्रदेशमा मिटरब्याजको चरम मारमा हजारौं नागरिक फसेका छन् । मिटरब्याजको समस्या विकराल रुपमा छ । जसको जालो फैलिएपछि पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले पनि ठूला मिटरब्याजीका रुपमा आफूलाई अगाडी सारे । बैंक तथा वित्तिय संस्थावाट केही अमुक व्यक्तिहरुले सेटिङ्ग मिलाएर करौडौ रुपैयाँ सिमिति व्यक्तिहरुलाई बैंक तथा वित्तिय संस्थाका प्रबन्धक र सम्बन्धित फाँटका कर्मचारीले दिने गरेको तथ्यहरु पटक पटक सार्वजनिक भएको छ । सिरहा जिल्लामा यस्ता कयौं घटनाहरु छन् । सिमित पहुँचवालाहरुले बैंक तथा वित्तिय संस्थावाट लिएको करौडौं रुपैयाँ रोजगारी मूलक क्षेत्रमा लगानी नगरी मिटरब्याजको रुपमा लगानी गरेको घटनाहरु अनेक छन् । सिरहा सदरमुकाममा पनि त्यस्ता पहुँचवाला थुप्रै छन् । जसले सदरमुकाम सिरहामा रहेको विभिन्न बैंकहरुबाट करौडौं रुपैयाँ लिएर मिटरब्याजको रुपमा सयौं व्यक्तिलाई दिएर चर्को ब्याज असुली गरिरहेका छन् ।

चरम मिटरब्याजको मारमा परेका हजारौं नागरिकले न्ययको निम्त राज्यको ढोका ढक्ढकाएका छन् । जसका निम्ति उनीहरु पैदल मार्च सहित काठमाडौं पुगे । मधेश र लुम्बिनी प्रदेशबाट पैदल हिड्दै पीडितहरु राजधानी काठमाडौंको माईतीघरमा सरकारलाई आफ्नो पीडा वेदना सुनाउन पुगे । त्यो कष्टपूर्ण यात्रा गर्नुको मुख्य ध्येय नै मिटरब्याजीवाट आफूहरुलाई न्याय प्रदान गर्नु रह्यो । सरकारले पैदलमार्चको मागलाई सम्बोधन गर्ने गरी आयोग गठन गर्यो । उजुरी लिएर र उजुरी जिल्ला प्रशासन हुँदै प्रहरीमा छलफलमै केन्द्रित छ । यस दौरानमा मिटरब्याजीहरु पीडितहरुलाई विभिन्न जिल्लामा यातना दिने, डरधम्की दिने जस्ता घटनालाई जोड दियो । जुन राज्यको आफ्नो कानूनी राज्यका प्रत्याभूतिलाई अगाडी बढाउनु भन्दा मिटरब्याजीलाई नै मलजल गर्ने प्रवृतिको देखियो ।

यही भएर पीडितहरु सरकारलाई पुनः झक्झकाउन काठमाडौं पुगेका छन् । पूर्वको काकडभिट्टादेखि पश्चिमको कञ्चनपुरवाट मिटरब्याज पीडितहरु पैदल न्यायमार्च सुरु गरे । लामो पैदल हिडाई पूरा गर्दै उनीहरु हजारौं किलोमीटर हिडेर राजधानी काठमाडौंमा सरकारलाई आफ्ना पीडा र वेदना सुनाउन पुगेका छन् । सरकारले मिटरब्याज पीडितको कुरा सुन्नु पर्छ । यो संघर्ष विशुद्ध आफू र आफ्ना लालबालामाथि भएको दमन विरुद्ध हो । कतिपय मिटरब्याजीहरु ब्याज, घरजग्गा हडेपर पनि अड्डा अदालतमा मुद्दा दिदै पीडितलाई प्रताडित गर्दै गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!