केही दिन अघि विवादित बनेपछि सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे सरुवा भए । प्रजिअ पाण्डेले आफ्नो कार्यालय पनि पूरा नगर्दै जिल्लावाट सरुवा भएर जानुपर्यो । त्यसपछि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी टेकुनन्द ईवा लिम्बुको पनि सरुवा भयो । सरुवा भएर गएका दुवै जिम्मेवार सुरक्षा निकायका प्रमुखहरु सिरहामा शान्ति सुरक्षा कायम गर्न नसक्दा र तस्करीजस्तो क्रियाकलाप संलग्नताको कारण देखियो । अर्थात कार्य सम्पादन मूल्यांकन संतोषजनक देखिएन ।

अहिले नयाँ सुरक्षा प्रमुखहरु सिरहा जिल्ला आईपुगेका छन् । प्रमुख जिल्ला अधिकारी (सिडियो) बासुदेव दाहाल र नेपाल प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य सिरहा जिल्ला आईपुगेका छन् । सिरहा जिल्ला आईपुगेका दुवै सुरक्षा र प्रशासन प्रमुखको भव्य स्वागत भैरहेको छ । जिल्ला आएर पदीय जिम्मेवारी राम्रोसंग सम्हान नपाउदै गर्दा दुवै जनालाई स्वागतको मालार टीका थाप्न भ्याईनभ्याई भएको छ । त्यसो त सिरहा जिल्ला नपुग्दै कमला नदीको सीमावाटै निर्वाचित जनप्रतिनिधिले स्वागत गर्ने अभियानको उद्घाटन गरेका थिए । यो क्रम अहिले झनै बाक्लिएको छ । जिल्ला आएर आफ्नो पदीय जिम्मेवारी अन्तरगत पर्ने कामहरु सुदृढ तरिकाले अगाडि बढाउने, नागरिकलाई सहज रुपमा सेवा सुविधा प्रदान गर्ने, शान्ती सुरक्षा कायम राख्ने जस्ता महत्वपूर्ण विषयलाई पाखा लगाएर विभिन्न कार्यालयहरु पुगेर स्वागत थाप्नमा केन्द्रित भएको देखिन्छ ।

कुशल प्रशासकको भूमिकाभन्दा फरक देखिने संदेश सृजना गरेको छ । यस्तो कार्यमा निर्वाचित जनप्रतिनिधिहरुको गठजोड बाक्लिएको छ । जिल्ला समन्वय समिती सिरहाका प्रमुख, उपप्रमुख, सदस्यहरु, कर्जन्हा, सिरहा लगायतका विभिन्न पालिकाका मेयर, उपमेयर लगायतका जनप्रतिनिधिहरु गम्छा ओढाएर स्वागत गर्नमा व्यस्त देखिएको छ । यो गम्भीर विषय हो । पदीय जिम्मेवारीको निगरानी गर्नुपर्ने र त्यस अनुसारको भूमिका निर्वाहको विपरीत आफूले भोलीका दिनमा व्यक्तिगत स्वार्थ कसरी पूर्ती गर्न सकिन्छ भन्ने ध्येय देखिएको छ । यो जिल्ला र यहाँका नागरिकको हित विपरीत हो । यो कार्यमा सुधार ल्याउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!