सिरहाका स्थानीय युवा अरबिन्द यादवले सामाजिक संजालमा फोहरमैला व्यवस्थापनको विषयमा सिरहा नगरपालिकालाई प्रश्न गरेको छ । दीगो रूपमा सरसफाइ र त्यससंगै फोहरमैला व्यवस्थापनको विषयमा नगरपालिकाको भूमिका संदेशमा रहेको भन्ने आसयको प्रश्नको उठान भएको छ । यसको जवाफ सिरहा नगरपालिकाले दिनुपर्छ । केही समय अघि सिरहा नगरपालिकाले नगरक्षेत्रको फोहर व्यवस्थापनमा जुट्ने गरि अघि बढेको एउटा कार्यक्रमवाट देखिएको थियो । सिरहा नगरपालिका भित्र मुख्य बजारको रुपमा सदरमुकाम सिरहा रहेको छ । त्यसको अलावा माडर, सारस्वर, भलुवाही, सन्हैठा, रामजानकी चौक हकपारा, गुलरिया, बसविट्टा जस्ता चौकहरु पनि छ । चौकमा चहलपहल पनि बाक्लै हुन्छ । जसले गर्दा फोहर हुने र त्यसको व्यवस्थापन मुख्य कुरा रहन्छ । यसको निम्ति दैनिक रूपमा सरसफाइ महत्वपूर्ण छ भने संकलित फोहरको व्यवस्थापन त्यतिकै जरुरी छ । व्यवस्थित रुपमा फोहरमैलाको व्यवस्थापन अत्यन्तै जरुरी हुन्छ ।

त्यसो त सिरहा सदरमुकाम पूरानो बजार हो । यहाँको पोहर व्यवस्थापनको विषय जहिले पनि प्रश्नको घेरा रह्ने गर्छ । त्यससंगै बजारवाट संकलित फोहरजन्य वस्तुहरु नदीनाला, खेतहरुमा अव्यवस्थित तरिकाले फाल्ने गरिदै आएको छ । । त्यसमा सुधार गर्नैको लागि सिरहा नगरपालिकाले दातृ संस्थाको सहयोगमा अगाडि बढ्दै फोहरमैला व्यवस्थापन केन्द्र निर्माणलाई अगाडी बढाएको छ । जसका लागि सिरहा नगरपालिकाले वडा नम्बर २ र १४ मा पर्ने गरि फोहरमैला प्रशोधन केन्द्रको निर्माणमा जुटेको छ । करिब ११ करोडको लागतमा निर्माण कार्यको थालनी गरेको फोहरमैला व्यवस्थापन केन्द्रमा नगरक्षेत्रका सम्पूर्ण फोहरको व्यवस्थापन गरिनेछ।

निर्माण चरणमा लागेको फोहरमैला व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने फोहरमैलाको वर्गीकरण गरिनेछ । त्यसले आम्दानी पनि हुनेछ । पहिले जस्तो दुर्गन्ध रहित यो योजनाले पूर्णता पाएसंगै सिरहा नगरपालिकालाई आम्दानी वढाउने भएको छ । अर्थात फोहरमैला व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगले दुर्गन्धमुक्त हुनेछ भने अर्कोतिर नगरपालिकालाई अतिरिक्त आम्दानी पनि हुनेछ। यसलाई जोड दिन सिरहा नगरपालिकाले गुणस्तरीयमा ध्यान दिनुकोसंगै समयमै निर्माण कार्य सम्पन्न हुनेगरी सुनिश्चित गर्नुपर्छ । यसको निम्ति निरन्तर निगरानी गर्नु जरुरी हुन्छ । भोलीको दिनमा अहिले निर्माण थालिएको डम्पिङ साइडको वरपर बस्ने स्थानीयवासीलाई प्रदुषणका कारणले रोकको जोखिम नहोस् भन्ने कुरामा पनि सचेत भएर वातवरणीय प्रभाव र त्यसको तथ्यांकको आधारमा काम हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!