माघ ५ मधेशको दृष्टिकोणले विशेष दिन रहेको छ । पहिलो मधेश विद्रोह सुरु भएर देशलाई मधेशको अधिकार र सम्मानलाई झुकाउने कार्यको थालनी भएको दिन हो । राज्यले विना सहादत कुरा नै सुन्दैनन् । त्यसैले माघ ५ मधेशको प्रथम विद्रोहका क्रममा प्रथम सहिद रमेश महतोको बलिदानीको दिन हो । मधेश विद्रोहलाई आफ्नो बलिदानीले उचाईमा पुर्याउने सहिद रमेशप्रति हार्दिक श्रद्धासुमन ।

साँच्चिकै यस ऐतिहासिक दिनले मधेशलाई विश्वमा गर्व गर्न लायक बनाएको भन्दा फरक नपर्ला । मधेश विद्रोहको देश र शासकवर्गलाई झुकाउने सफलता मिल्यो । त्यसका निम्ति श्रृखलावद्ध रुपमा मधेश आन्दोलनमा मधेशका नागरिकलाई उत्रिनुपर्ने बाध्यता रह्यो । यस ऐतिहासिक दिनलाई पत्रकारिताको क्षेत्रबाट पनि ऐतिहासिक महत्व दिदै अपन दैनिक पत्रिकाको प्रकाशन आरम्भ गरियो । पत्रिका आरम्भ भएको दशैं वर्ष पुगेको छ । मधेश विद्रोह अर्था यसका निम्ति माघ ५ को दिनलाई नै चयन गरियो । आज मधेशभर मात्र होईन, मधेश आन्दोलनसँग जोडिन पुगेका सवैले प्रथम सहिद रमेश महतोको सहादतको दिन अर्थात १७औं बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।

अपन दैनिक पत्रिका सुरु गरिएको १०औं वर्षको अवसरमा हामी नागरिकप्रति झन् वढी उत्तरदायी भएर समाचारमूलक सामग्री पस्किदै आउने वाचा व्यक्त गर्न चाहन्छौं । पत्रिका सुरु गरिएको दिनदेखि आजसम्म अनवरत रुपमा नागरिकको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्दै सञ्चारधर्म निर्वाह गर्न अपन दैनिक पत्रिका रतिभर कन्जुसियाई गरेको छैन् । मधेश तेस्रो मधेश विद्रोह २०७२ मा जिल्लाका अन्य पत्रपत्रिका बन्द भएपनि अपन दैनिक पत्रिका नागरिकको हितमा बुलन्द भएर सूचना र समाचार प्रकाशन गर्दै आईरह्यो । हामी विभिन्न संकटको दौरानपनि नागरिकलाई सवप्रथम सूचनाको पहुँचलाई निरन्तरताका निम्ति कटिबद्ध भए अगाडी बढ्दै थियौं र अगामी दिनमा पनि बढ्दै रहन्छौं । कोरोनाकाल, स्थानीय तह, प्रदेश र संघ निर्वाचनलाई सुक्ष्म रुपमा नियाल्दै नागरिकको पक्षमा वकालत गर्दै सुदृढ नेतृत्व चयन गर्ने अभियानमा हामी जुट्यौं । हाम्रो एउटा ध्येय थियो, असल नेतृत्व आएमा समाज र राष्ट्रलाई हित हुन्छ ।

हामी विगत १० वर्षको दौरानमा सुशासन, मानवअधिकार, समाजमा विद्यमान कुरिती, विसंगति, अपराध, भ्रष्टाचार जस्तालाई विषयमा गहिरो ढंगले नियाल्दै सत्यतथ्य समाचार पस्कनमा केन्द्रित रह्यौं । समाजलाई समाजिक सद्भावको बन्धनमा जोडिराख्न, भूईतहका नागरिकलाई मौलिकहमा उल्लेख भएका विषयको पहुँचलाई गम्भीर रुपले उठान गर्दै आईरह्यौं र अगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत पहिलो प्राथमिकतामा रहने विश्वास दिलाउन चाहँन्छौ ।

नागरिक तहबाट पनि हामीलाई यस अवधिमा अपार शुभकामना प्राप्त भएको छ । यसले सिरहा जिल्ला जस्तो पत्रकारिताको दृष्टिले संकटग्रस्त जिल्लामा पनि एउटा दैनिक पत्रिकाको रुपमा नागरिकलाई सहि, सत्य तथ्य सूचनामा पहुँच पुगोस् ध्येय रह्दै आएको छ । यस अवधिमा पत्रिका र सम्पादकीय टिमप्रति जिल्लाका नागरिक समाजले देखाएको सहानुभूती र नागरिक तहबाट प्राप्त भएको ढाड्सले हौसाएको छ । हामी हाम्रो पथवाट रतिभर विचलित नभएर नागरिकको सर्वोत्तम हितमा अडिग भएर सञ्चारकर्ममा अग्रणी भूमिकामा रहन्छौं ।
१०औं वार्षिकोत्सवको अवसरमा यहाँहरु सवैलाई हार्दिक शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!