
सिरहा धनषा जोड्ने गरी हुलाकी राजमार्ग खण्डको सिरहा नगरपालिका ६ बसविट्टा र धनुषाको कमला नगरपालिकाको सघारा जोड्ने गरी कमलाको पक्की पुल निर्माणमा नागरिक भूमिकाको खाँचो देखिएको छ । वि.सं. २०६८ सालमा भौतिक योजना तथा यातायात मन्त्रालयले पुल निर्माणको सम्झौता गरेको थियो । सो सम्झौता पप्पु कन्स्टक्शन र लुम्बिनी बिल्र्डस्सँग गरेको थियो । संयुक्त रुपमा निर्माण गर्ने गरी निर्माण कम्पनीले करिब २५ करोडको लागतमा २०६८ सालमा पुल निर्माणको सम्झौता गरेको छ । यो सम्झौता भएको १२ वर्ष पुरा भएको छ । १३औं वर्ष सम्झौता भएको जारी रहँदा पनि पुलमा यातायात चल्न सकेको छैन् । सुरुमा निर्माण कार्यको नेतृत्व गरेको पप्पु कन्स्टक्शनले कमसल निर्माणसँगै वेवास्ता गर्दाखेरी पुल लामो समय अलपत्र पर्न गयो । सञ्चारमाध्यमको लगातारको खबरदारी पछि बल्ल पुल निर्माण नयाँ ढंगवाट सुचारु भएको थियो ।
पप्पु कन्स्टक्शनलाई पाखा लगाउँदै लुम्बिनी बिल्र्डसले सुपर स्टक्चरको काम र पूर्ण रुपमा पुल तयार गरी सवारीसाधान चल्ने भन्दै नेतृत्व लिएका थिए । सुरुमै काममा गुणस्तरहीन र कमजोर निर्माणको कारणले २०७८ सालको समान्य वाढीमा पुलको अन्तिम चरणमा रहेकोबेला भासिन पुग्यो । २०७८ साल असार १७ गते पुल भासिएपछि पुनः कार्तिक ३ गते अर्को पाया पनि भासियो । यसले निर्माण कम्पनीले लापरबाही उदागो भएको छ । यति भईरहँदा पनि पुल निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको पाईदैन् । हुलाकी राजमार्ग जोड्न महत्वपूर्ण पुल रहेको कमला नदीमा भाँसिएको पक्की पुललाई यथास्रिघ बनाउन सरकारहरु गम्भीर बन्न सकेको छैन् । तीन तहका सरकार प्रमुखदेखि एकसे एक नेताहरु पुल हेर्न आएपनि अहिले पुलको काम अगाडी सुस्त गतिमा वढेको छ । जसले अगामी वर्षा अगावै पुल बनेर यातायात सुचारु हुने सम्भावना क्षीन बन्दै गएको छ ।

यो अवस्थालाई हटाउन नागरिक तप्कावाट निरन्तरको खबरदारी आवश्यक भएको छ । आआफ्ना दलका नेतादेखि सरकारी संयन्त्रका प्रमुखहरुलाई पनि कमला पुल निर्माणको निम्ति दबाब दिन अगाडी आउनु पर्छ । अनि मात्र यस क्षेत्रमा राज्यको नजर पर्छ । त्यसो त अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं भासिएको कमला नदीको पुलको निरिक्षण गर्न भ्याएका छन् । तैपनि निर्माण कम्पनीले पुल बनाउन जोडबल गर्न सकेको छैन् । यसले सरकारको वेवास्ता देखिएको छ । यसर्थ नागरिक समाजले अब जन दबाब दिई कमला पुल बनाउन अगाडी बढ्नुको विकल्प छैन् ।