गाउँघरदेखि सहर बजारमा अहिले धेरै संख्यामा औषधी पसलहरु संचालनमा रहेको छ । सरकारी स्वास्थ्य संस्थादेखि नीजि र सामुदायिक स्वास्थ्य संस्थामा पनि औषधी खरिद बिक्रि गर्ने काम गरिन्छ । औषधी खरिद बिक्रिको विषयमा कानूनले केही जिम्मेवारी तोकिदिएको छ । विशेषगरी औषधी विक्रि गर्नेको न्यूनतम योग्यतालाई तोकिएको छ । चिकित्सकीय क्षेत्रमा औषधी पनि अनिवार्य र महत्वपूर्ण विषय हो । औषधी संवेदनशील भएपनि त्यसमा व्यवसायिक मर्यादा कायम गर्न नसक्दा अनेक प्रश्न पनि उठ्ने गरेको छ । खासमा चिकित्सकले लेखेको औषधी कसले वितरण गर्ने विषय पटक पटक उठान हुने गरको छ ।

यही भएर औषधी वितरण गर्ने र त्यस सम्बन्धी अध्ययन पूरा गरेकाहरु अब सक्रिय हुन थालेका छन् । अनुभवको भरमा औषधी वितरण गर्ने परिपाटी रोक्न अध्ययन गरेकाहरुको सक्रियताले अब औषधी पसल संचालन गर्दा त्यहाँ कानूनले तोकेको जिम्मेवारी व्यक्तिको अनिवार्यतालाई जोड दिईएको छ । ‘जहाँ औषधी, त्यहाँ फार्मेसिष्ट, फार्मेसी पेशाको पहिचान र सम्मान हामी सवैको साझा अभियान’ नारा तय गर्दै फार्मेसिष्टहरु सक्रिय भएका छन् । जो कोहीले औषधी वितरण गर्दा त्यसले गम्भीर असर पारेको विभन्न घटनाहरुले पनि देखाएको भन्दै फार्मासिष्टहरु एकजुट भएर अभियान नै संचालन गरेको छ ।

नेपाल फारर्मासेक्टिकल एशोसिएन मधेश प्रदेशले ‘रोल अफ फार्मासिष्ट इन हेल्थ सेक्टर’ भन्दै मधेश प्रदेशका जिल्लाहरुमा अभियान अगाडी बढाएका छन् । आफूहरुको पेशामाथि नै प्रश्न उठेपछि फार्मासिष्टहरुले अभियान अगाडी बढाएको छ । सरकारी स्वास्थ्य संस्थामा पनि अनिवार्य रुपमा हुनुपर्ने फार्मासिष्ट नहुँदा त्यसले गम्भीर प्रश्न तेर्साएकोले राज्यले सरकारी स्वास्थ्य क्षेत्रमा अनिवार्य व्यवस्थापनमा जोड दिनुपर्ने र नीजि औषधी पसल, स्वास्थ्य संस्थाहरुमा अनुभवको आडको रुपमा भईरहेको वेतिथि हटाउन नियमित रुपमा अनुगमन गर्नुपर्ने माग गरेको छ । यो एकदम सहि हो । औषधी बेच्नको निम्ति अध्ययन पूरा गरेको फार्मासिष्टको अनिवार्यतालाई कानूनसम्वत रुपमा पूरा गराउन सवैले जोड दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!