सिरहा नगरपालिकाले ढल निर्माण गरेको डेढ दशक वढी भएको छ । मुख्य सडकको ढल निर्माण गर्दा त्यतिबेला सिरहा नगरपालिकाको नेतृत्व इन्जिनियर विष्णुदेव यादवले गरेका थिए । तात्कालिन प्राविधिक कार्यालयका इन्जिनियर समेत रहेका यादवले सिरहा नगरपालिकाको मुख्य सडकमा पानीको निकास निम्ति ढल निर्माण गर्ने योजना अघि बढाएका थिए । सोही अनुसार मुख्य सडकमा करिब डेढ किलोमीटर लम्बाईको ढल निर्माण भएको हो । डेढ दशक अघि बनेको ढल र अहिलेको जनसंख्या र भवन निर्माणलाई हेर्दा सदरमुकाममा ढल व्यवस्थापन समयानुकुल हुनु जरुरी छ ।

अहिले ट्राफिक कार्यालयदेखि नै ढलको निकासीको व्यवस्थापनमा सिरहा नगरपालिकाले ध्यान दिनुपर्छ । ढल व्यवस्थापन नहुँदा सिरहा नगरपालिकामा मुख्य सडकमा पानी जम्ने समस्या वर्षेनी दोहोरिदै आईरहेको छ । अर्कोतिर ढल जीर्ण र ठाउँठाउँमा ब्लक हुँदा त्यसले बजार क्षेत्रमा दुर्गन्धको अवस्था सृजना गरेको छ । अर्थात बजारमा दुगन्र्ध वा भनौं प्रर्दुषण बढ्दा त्यसले आफूसँग रोगको पोको लिएर आउने कुरा हुन्छ । जसप्रति सिरहा नगरपालिकाको नेतृत्व सजग रह्नु पर्छ । सिरहा नगरपालिकाले सदरमुकामको मुख्य सडकमा रहेको ढललाई व्यवस्थापनमा जोड दिने गरी अगाडी बढ्नु पर्छ ।

डेढ किलोमीटर जति क्षेत्रफलमा फैलिएको ढलमा घरघरबाट निस्किएको पानी, स–सानो उद्योग, होटलवाट निकालिने पानीले प्रर्दुषण फैलिदैछ । झन् ढलमाथि ढक्कन नहुँदा सडकमा हिड्दा ढक्कन नभएको क्षेत्रमा व्यापक दुर्गन्ध फैलिएर पैदल हिडडुल नै असहज भएको छ । यसले स्वास्थ्यमा गम्भीर प्रकारका जोखिम ल्याउने प्रबल सम्भावना रहेको छ । यस विषयलाई गम्भीर रुपमा सिरहा नगरपालिकाको स्वास्थ्य शाखाले पनि लिनुपर्छ । खुला रहेको स्थानमा प्रर्दुषण रोक्न स्वास्थ्य शाखा र सरसफाई ईकाइले आवश्यक उपाय अपनाउनु जरुरी छ । जसले प्रर्दुषण रोक्न सकिन्छ भने त्यसबाट नागरिकलाई अस्वस्थ्य बनाउने जोखिम न्यून हुन्छ । त्यसो त सिरहा नगरपालिकाले मुख्य सडकमा रहेको ढललाई समय अनुसार व्यवस्थित बनाउन सरोकारवाला निकायसँग छलफल गरी नयाँ ढल निर्माणतर्फ जुट्नु पर्छ । संविधानले नै प्रर्दुषण रहित वातावरण कायम राख्नुपर्ने मौलिक अधिकार प्रदान गरेको छ । जसको उपभोग नागरिकले गर्न पाउनु पर्छ । यसमा सिरहा नगरपालिकाले आवश्यक नीति लिदै नागरिकलाई स्वच्छ हावा र सहज रुपमा हिडडुल गर्ने पाउनु पर्ने अधिकारलाई सुनिश्चितता गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!