जिल्ला प्रहरी कार्यालय सिरहाले डेढ महिना अघि सिरहाको मिर्चैयामा रहेको साना सहरी तथा खानेपानी संस्थाको सुरक्षागार्डको हत्यामा संलग्न रहेको भन्दै दुई दलित समुदायका युवाहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । हत्या घटनाको अनुसंधान गरेको प्रहरीले आइतबार पत्रकार सम्मेलनमा हत्यामा दलित समुदाय अन्र्तगत पर्ने मुसहर जातिका दुुई जना युवाहरुलाई सार्वजनिक गरेको छ । मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया नगरपालिका–५ का २० वर्षीय दीपक सदालाई हत्या घटनाको अभियुक्त रहेको भन्दै प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । जसमा प्रहरीले कारणको रुपमा ल्याप्टप चोरीको प्रसंग ल्याएको छ । सँगसँगै दुुवै युवाहरु लागुुऔषधको सेवनकर्ता रहेको प्रहरीको अनुसंधानबाट खुुलेको जिल्ला प्रहरीको दावी रहेको छ ।

डेढ महिनापछि प्रहरीले घटना छानबिन गर्दा अभियुक्त सार्वजनिक गरेको विषयमा अहिले थरीथरीका चर्चा भईरहेको छ । एउटा ल्याप्टप चोरीको निउँमा हत्या गर्ने विषयलाई शंकाको घेरामा लिईदैछ । यसमा प्रहरीले दलित गरिब विपन्नलाई टारर्गेट गरी सार्वजनिक गरेको हो कि भन्ने एकथरीको कुरा भईरहेको छ । खासमा कतिपय घटनामा आर्थिक रुपले पछाडि पारिएको समुदायमाथि कानून लाद्ने काम हुँदै आएको विभिन्न घटनाक्रमले देखाएको छ । जसरी प्रहरीले सुरक्षागार्ड हत्यामा दुुई जना मुसहर समुदायको युवालाई सार्वजनिक गरेको छ, त्यसले घटनामा वास्तविक अभियुुक्तलाई जोगाउन यस्तो काम भएको त होईन भन्ने कुरा पनि छ । यो अनुसंधानको विषय भएको भएतापनि प्रहरीले आफूलाई चोख्याउन यस्तो हर्कत गरेको त होईन ?

मिर्चैयाको साना सहरी तथा खानेपानी संस्थाको सुरक्षागार्डको हत्यामा प्रहरी सार्वजनिक गरिएको दुुई जना दलित युवा सम्बन्धमा दलित क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले पनि चासो राख्नुपर्छ । घटनाको अनुसंधानको विषयमा दलित सरोकारका क्षेत्रमा आवाज उठाउँदै आएको संघसंस्थाले हत्याको घटनाको विषयमा गम्भीर भएर हेर्नुपर्छ । त्यससँगै मधेश प्रदेशको दलित आयोग, संघमा रहेको राष्ट्रिय दलित आयोगले पनि दुुई जना मुसहर युवाहरुलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरिरहँदा त्यसको वास्तविकता बुुझ्ने कासिस गर्नुपर्छ । दोषी कुनैपनि बहानामा उम्किुन हुुँदैन र निर्दोष कुनै पनि वहानामा दोषी साबित हुनुु भएन् । प्रहरीको अनुसंधानमा सरोकारवाला निकायको निगरानी जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!