प्रायः वडा कार्यालयहरुको काम गराईप्रति सेवाग्राही सन्तुष्ट भएको उदाहरण कमै पाईन्छ । झन् मधेश प्रदेशका जिल्लाहरुमा वडाअध्यक्षहरुको हैकमवादी शैली नै सार्वजनिक भईरहेको विभिन्न घटनाक्रमले देखाएको छ । आर्थिक लेनदेनमा कुरा नमिल्दा नागरिकतहबाट तिरस्कारका घटनादेखि आफ्न्तलाई योजना दिने र आर्थिक लाभ लिनेसम्मका घटनाहरु पटकपटक दोहोरिदै आईरहेको छ । यी र यस्तै कृयाक्लापका कारणले स्थानीय तहको सेवाप्रवाह नागरिकमैत्री हुन नसकेको र निर्वाचित जनप्रतिनिधिहरु कमाउ गर्नेमा केन्द्रीत भएको भन्ने जनगुनासो व्यापक छ । यसका बाबजूत मधेश प्रदेशको एक हजार वढी वडाअध्यक्षमध्ये केही गतिलो काम गरेको उदाहरण पनि छ ।

सिरहा जिल्लामा १ सय ६४ वडा रहेको छ । एक सय ६४ वडामध्ये केही वडा अध्यक्षहरुको कार्यप्रति नागरिक तुलनात्मक रुपमा सन्तुष्ट भएको देखिएको छ । तुलनात्मक रुपमा केही सकारात्मक सुरुवात गरेको वडाअध्यक्षहरुले जेनतेन स्थानीय तहको कार्यशैलीप्रति नागरिक भरोसा कायम छ । यसैमध्येको सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सकलदेव यादव निरन्तर जवाफदेही बन्ने प्रयत्न गर्दै आईरहेका छन् । आफ्नो वडाका वडावासीलाई आवश्यक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न अभियानलाई जोड दिदै आएका छन् । यसैमध्येको वडा अध्यक्ष स्वच्छता अभियानको थालनी गरेको छ ।

वडा अध्यक्ष स्वच्छता अभियान अन्तर्गत गोलबजार नगरपालिका वडा नम्बर–४ मा जनचेतना अभियानलाई प्राथमिकतामा राखेको छ । लागूऔषधको सेवन र कारोबार, बढ्दो सवारी दुर्घटना न्यूनीकरण, चेलीबेटी बेचबिखनिरुद्धका अपराध, सामाजिक सुरक्षामा सहजता, पोषण भत्ता बनाउन र नविकरण गराउन, छोरी बीमा, महिला हिंसा विरुद्ध अभियान, अनुगमन, विभिन्न स्वास्थ शिविर, वार्ड भित्र बजार व्यवस्थापन, वृक्षारोपन, खाद्य वितरण, विपद् व्यवस्थापन, स्वास्थ्य सुविधा, योगको आवश्यकता जस्ता विषयलाई समेट्दै वडावासीलाई जानकारी पुर्याउन सिटि रिक्सा संचालन गरिएको छ ।

एकातिर आर्थिक पारदर्षितामा जोड दिदै विकास निर्माणको काम गर्न अगुवाई गर्दै आएका वडा अध्यक्षको यो शैली अनुकरण गर्न सकिन्छ । वडाका हरेक वस्तीमा वडाअध्यक्षले आफ्नो जवाफदेही अनुसार नागरिकलाई समय अनुसारको सेवा प्रवाह सम्बन्धी सूचना पुर्याउने र सहज सेवा प्रदान गर्नतर्फ अग्रनी भूमिका खेल्नुपर्छ । जसले संविधानले परिकल्पना गरेको बलियो र सहज सेवा प्रवाह गर्ने स्थानीय सरकारको नागरिकले आभास गर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!