नेपालमा अहिले विद्युतको आपूर्ति सहज बनेको छ । विगतमा लामो लोडसेडिङको सामना गर्नुपर्ने अवस्था अहिले छैन् । विद्युतको पहुँच भएसँगै गाउँघरदेखि बजार क्षेत्र उज्जालोमय बनेको छ । झन् विद्युतको नयाँ नयाँ प्रविधिको प्रयोग पनि बढेको छ । वींग्सको प्रविधिमार्फत विद्युत उत्पादन गर्नेदेखि सोलारबाट पनि विद्युत उत्पादन गरी उपयोग भईरहेको छ, देशमा । सिरहा जिल्लामा पनि जलविद्युत आयोजनाका विद्युत वाहेक सोलर उर्जाको विद्युतको प्रयोग पनि बढेको छ । नविकरणीय उर्जा अन्र्तगत सोलार उर्जा प्रयोगले गाउँ घरका सडकवस्ती उज्यालो बनेको छ । यसै अन्र्तगत सिरहामा पनि तात्कालिन जिल्ला विकास समिति मार्फत सदरमुकाममा सोलारवत्ती जडान गरिएको थियो । त्यससँगै विभिन्न योजनाको नाउँमा सिरहाका विभिन्न वस्ती, सडकदेखि सदरमुकाममको विभिन्न सडकमा सोलार प्यानल जडान गरी सडक क्षेत्र उज्यालो बनाउने काम भएको छ ।

विगतमा जडान गरिएको सोलारवत्ती अहिले सिरहा सदरमुकाममा बल्न छाडेको छ । लामो समयदेखि देखरेख र मर्मत सम्भारको अभावमा सोलारवत्ती प्रयोगमा आउन सकेको छैन् । कतै सोलारप्यानल नै उब्किएको छ भने कतै ब्याट्री नै छैन् । जसले गर्दा सदरमुकाम सिरहा अहिले अन्ध्यारोमय बनेको छ । मुख्य सडकमा सोलारबत्तीलाई मर्मत नगर्दा सदरमुकाम सिरहा अन्ध्यारोमय बनेकोले त्यसलाई तत्काल मर्मत सम्भार गर्नु जरुरी छ । सिरहा नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने भएकोले पनि तत्काल सिरहा सदरमुकाम क्षेत्रमा विगतमा जडान भएको सोलारवत्तीको मर्मत गरी उज्यालो दिने वातावरण बनाउनु पर्छ ।

सिरहा नगरपालिकाले विद्युत र नयाँ बल्ब लगाउने नाउँमा वर्षेनी लाखौं रुपैयाँ खर्चिदै आईरहेको छ । वर्षेनी विद्युतका बल्वहरु बिग्रिदै जाने जोखिम पनि छ । त्यसका बाबजूत सोलारवत्ती तीन/चार वर्ष चल्ने भएकोले पनि त्यसको नियमित मर्मत सम्भार, सोलार प्यानलको सरसफाईमा ध्यान दिनुपर्छ । अहिले बिग्रिएका सोलार प्यानलहरुको चेकजाँच गरी काम लाग्नेलाई उपयोगमा ल्याउनु पर्छ । त्यससँगै सदरमुकाम सिरहाको मुख्य सडकलाई उज्यालोमय बनाउनु पर्छ । समान्य लागतमा मर्मत भई बल्न सक्ने सोलारवत्तीको उपयोग तर्फ सिरहा नगरपालिकाले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय