
सिरहा जिल्लामा पत्रकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । सञ्चारका विभिन्न आयामहरु थपिएसँगै सञ्चारकर्ममा जोडिनेहरुको संख्या बढ्नु अनौठो हुँदैन् । अहिले पनि सिरहा जिल्लाको भौगोलिक अवस्थाका आधारमा पत्रकारितामा एक प्रकारको रुची बढेको पाईन्छ । समाजिक सञ्जालमा विभिन्न शो चलाउने नाउँदेखि लिएर छापामाध्यम, रेडियो र टेलिभिजनसँगै अनलाईन पोर्टलमा पनि आबद्ध हुने पत्रकारहरुको संख्या जिल्लामा एक सय वढी छ । सिरहा जिल्लामा पत्रकारहरुको संख्या थपिदैगर्दा एउटा चिन्ता पनि थपिएको छ । त्यो हो, पत्रकारहरु कतिको व्यवसायिक बन्दैछ ? सिरहा जिल्लाका पत्रकारहरु आफूलाई कति पत्रकारिताप्रति अभ्यस्त बनाउने प्रयासमा जुटेका छन् ?
प्रेस काउन्सील नेपालले गोलबजारमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा अनेक पक्षमा बहस भएको छ । त्यसमा पत्रकार र पत्रकारिताप्रति गम्भीर विर्मश भएको छ । यसमा सिरहा जिल्लामा पत्रकारिताभित्र मौलाउँदै गरेको वेतिथिहरु निरुपण गर्न आवाज उठेको छ । सीमामा तस्कर प्रहरीसँग अवैध असुुलीमा जुटेको, विज्ञापनको नाउँमा अस्वथ प्रतिस्पर्धामा जुटेको, धाकधम्की दिदै असुली धन्दामा लाग्ने गरेको आरोपहरु सार्वजनिक बसहमा आएको छ । सिरहा जिल्लामा पत्रकार र पत्रकारितामाथि खस्किदै गएको विश्वास कायम राख्न जरुरी छ । यसमा सिरहा जिल्लाका पत्रकारहरु आफूलाई समय सापेक्ष सच्चिन जरुरी छ ।

सिरहा जिल्ला शैक्षिक सूचांक, गरिबी बहुआयमिक दर, स्वास्थ्यको सूचांकमा झन् कमजोर प्रदेशमा पर्छ । मधेश प्रदेशमध्येको सिरहा जिल्लामा माफियाहरुको सक्रियता पनि बढ्दो छ । चुरे दोहनदेखि नदीनाला, खोला, तस्करी फस्टाएको छ । घरेलु हिंसाको घटनादेखि लागुुऔषध दुुरव्र्यसनीको संख्या जिल्लामा उच्च छ । यी र यस्तै विकिृत र विसंगति विद्यमान रहेको सिरहा जिल्लामा सकारात्मक सुरुवात गर्न जरुरी छ । जसमा सशक्त भूमिका सञ्चार जगतको भूमिका रहन्छ । यसमा सिरहा जिल्लाको पत्रकारहरुको भूमिका महत्वपूर्ण छ । यस कारणले पनि सिरहा जिल्लाका पत्रकारहरुले आफ्नो विरुद्धमा उभिन थालेका औलाहरुप्रति सजग रहँदै जिल्लामा विद्यमान वेतिथि अन्त गर्न सशक्त भूमिका उभिन अग्रसर हुनुुपर्छ ।