पुषको तेस्रो साता, अत्याधिक चिसो बढेको छ । चिसोले तराई मधेश क्षेत्रको जनजीवन निकै प्रभावित बनेको छ । बालबालिकामा रुघाखोकी, निमोनियाका समस्या देखिएका छन् । सरकारी र निजि अस्पतालहरुमा चिसोबाट रोगी भएकाहरुको भीडभाड बाक्लै देखिन थालेको छ । यसले चिसोले मानिससँगै पशुपंक्षीलाई समेत प्रभाव पारेको छ । शितलहरसँगै चिसो हावा चल्न थालेपछि र घाम नलाग्ने भएपछि मौसममा झन् चिसोपन थपिएको छ । जसले गर्दा यस क्षेत्रका मानिसको जीवनशैली नै यतिखेर फेरिएको छ ।

गाउँघरमा पराल, गुइठो र दाउरा बालेर आगो ताप्दै न्यानो हुने गरेको दृश्यहरु पनि देखिएको छ । तराई मधेशका जिल्लाहरुमा शितलहरबाट जोगिन पूर्वतयारी नहुँदा यसले झन् कठिन अवस्थाको सृजना गर्छ । लामो शितलहरको बेला बालबालिकासँगै जेष्ठ नागरिक, असशक्तहरुलाई अत्याधिक असर गर्ने गरेको छ । यसैले चिसोबाट जोगिन स्थानीय सरकारको पनि मलहम जरुरी छ । स्थानीय सरकारहरुले आफ्ना स्थानीय स्तरका नागरिकलाई सुरक्षित राख्ने गरी काम गर्नुपर्छ । यसका निम्ति न्यानो लुगाादेखि पौष्टिक, पोषिलो खानेकुरा र आगो ताप्न सक्ने गरी दाउराहरुको बन्दोबस्ती गर्नुपर्छ । सिरहा जिल्लाका १७ स्थानीय तहहरुले चिसोमा बाँड्ने गरी कम्बल खरिद गर्न बजेट विनियोजन गरेपनि खरिद प्रकृया नै ढिलाई गर्दा कतिपयले चिसो सकेपछि बाँड्ने गरेको विगतको अनुभव प्रसस्त भेट्न सकिन्छ ।

अहिले सिरहा जिल्लाका १७ वटै पालिकामध्ये केही पालिकाहरुले गाउ, बजारमा दाउरा बाँड्न थालेको छ । त्यससँगै केही वडा कार्यालयहरुले न्यानो कम्बल पनि वितरण थालेको देखिन्छ । विशेषगरी नागरिकको जीउज्यानको रक्षा गर्न सक्नेगरी स्थानीय सरकारहरुले दाउरा पायक पर्ने ठाउँमा पुर्याउन र त्यसबाट न्यानो अनुभूती नागरिकले गर्न सकेको छ÷छैन त्यसको पनि निगरानी गर्दै सुधार र आवश्यक कार्य अगाडी बढाउन जोड दिनुपर्छ । चौक चौराहामा मात्र दाउरा बाँडे्र नपुग्ने भएकोले पनि नागरिकलाई पायक पर्न सक्ने कुरामा ख्याल गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!