सिरहा–धनुषा जिल्ला जोड्न निर्माणधीन रहेको कमला नदीको भाँसिएको पुलमा भईरहेको अवैध असुली अझैं रोकिएको छैन् । स्थानीय केही युवाहरुले कमला पुलमा आवतजावत गर्नेहरुसँग अवैध असुली गरिरहेको छ । डेढ वर्ष अघि भाँसिएको कमला नदीको पुलमा चढ्न स्थानीय युवाहरुले बनाएको अस्थायी बाँस र प्लाई जडान गरिएको पुलमा यात्रा गर्नेसँग जबरजस्ती १ सय रुपैयाँ मोटरसाइृकलबालासँग लिने गरेको छ । अवैध रुपमा भईरहेको असुली रोक्न लगातार विरोध भईरहँदा पनि स्थानीय प्रशासनले मौनता साँधेको छ । सिरहा नगरपालिका र धनुषाको कमला नगरपालिकाले यात्रुलाई सहजताको निम्ति अस्थायी रुपमा पुल निर्माण गर्नेको लागत रकम असुल गरिसकेको अवस्थामा पनि भईरहेको अवैध असुली रोक्न पहल गर्न सकेको छैन् ।

बाँस र प्लाई राखेर बनाईएको अस्थायी पुलमा करिब एक लाखजति लागत लागेको छ । लागत रकम भन्दा १० गुणा वढी रकम असुली गरिसकेको छ । विगत चार÷पाँच महिना देखि भईरहेको यस प्रकारको असुली रोक्न स्थानीय सरकारदेखि जिल्ला प्रशासन कार्यालयले पनि चासो राख्नुपथ्र्यो । जसले गर्दा नागरिकले अनाहकमा उठाउँने गरेको अप्ठ्यारो र असहजताको तत्काल राहत हुन सक्थयो । स्थानीयदेखि जिल्ला प्रशासन कार्यालय सिरहाको मौनताले गर्दा अवैध असुलीलाई झन् सहजता भएको छ । यी निकायहरुले समयमै ध्यान दिई नागरिकलाई सहज रुपमा कमला नदीमा आउजाउ गर्नसक्ने गरी अस्थायी पुलमा लागेको खर्च तत्काल भैपरी आउने वा मर्मत सम्भार खर्चबाट दिन सक्ने अवस्था भएपनि यसमा मौनता साँधेको पाईन्छ । यसले स्थानीय सरकारहरु आफ्ना नागरिकप्रति जिम्मेवार नभएको प्रष्ट हुन्छ ।

अझ पनि सिरहा र धनुषाका स्थानीय तहहरुले हुलाकी राजमार्ग जोड्ने कमला नदी भएर सहज यात्रा गर्नतर्फ विशेष ध्यान दिनुपर्छ । यी दुवै जिल्लाका स्थानीय तहदेखि स्थानीय प्रशासनले पनि हुलाकी राजमार्गमा पर्ने भाँसिएको कमला नदीको पुल निर्माणलाई तिव्रता दिन दबाबसँगै नागरिकलाई सहजता हुने काम गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय