मध्यपूर्वमा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरिएको छ । खाडी मुलुक कतारमा जारी विश्वकप फुटबलमा नयाँ नयाँ रेकर्ड बन्दैछ । कतार विश्वकप फुटबल जहिलेपनि आलोचनाको घेरामा रहेको छ । स्टेडियम निर्माणमा भएको कामदारको मृत्युलाई लिएर विभिन्न मानवअधिकारवादी संघसंस्थाले फिफा विश्वकप आयोजना गर्दै गरेको कतारको व्यापक आलोचना गरेको छ । यसका बाबजूत नोभेम्बर २० देखि फिफा विश्वकप २०२२ जारी छ । यस विश्वकपको समूह चरण, नकआउट चरण र क्वाटरफाईनलका खेलहरु सम्पन्न भईसकेको छ । अब सेमिफाईन, तेस्रो स्थानको लागि हुने खेल र फाईनल खेल बाँकी रहेको छ । जुन यसै साता सम्पन्न हुँदैछ ।

फिफा विश्वकप कतारमा चलिरहँदा नेपालमा पनि धेरै गोल्डकप फुटबल प्रतियोगताको आयोजना विभिन्न सहर, बजार र गाउँमा हुँदै आएको छ । यतिखेर खेलमैदानहरुमा फुटबल खेलाडीको तिव्र प्रतिस्पर्धा देख्न सकिन्छ । फुटबलको खेल पछिल्लो समय नगरपालिका, गाउँपालिका, उपमहानगरपालिका, महानगरपालिकाको अगुवाईमा, आर्थिक सर्पोटमा पनि संचालन हुँदै आएको छ । यसै क्रममा सिरहा नगरपालिकाले पनि विगतमा मेयर गोल्डकप संचालन गरेको थियो । स्थानीय तहको चुनावपछि अहिले सिरहा नगरपालिकाको नेतत्व फेरिएको छ । विगतमा लाखौं रुपैयाँ खर्चिएर आयोजना गर्दै आएको मेयर गोल्डकप प्रतियोगितालाई दिगो हुनेगरी सिरहामा ‘सलहेश गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गर्न व्यापक दबाब दिईएको थियो । सिरहा नगरपालिकाका तत्कालिन नेतृत्वले सिरहा जिल्लाको ऐतिहासिक पहिचानलाई अवहेलना गर्दै सलहेश गोल्डपकको सट्टा मेयर गोल्डकप संचालन गरेको थियो । सिरहामा विगतदेखि नै विभिन्न नाउँमा गोल्डकपहरु सुरु हुने र बन्द हुने क्रम जारी छ । सिरहामा एउटा राम्रो गोल्डकप दिगो हुनेगरी आयोजना हुनुपर्ने माग रहेको छ, त्यो हो ‘सलहेश गोल्डप’ ।

सिरहाको ऐतिहासिक, सांस्कृतिक महत्वको धरोहर लोकनायक राजा सलहेशको यस क्षेत्रमा ‘सलहेश गोल्डकप’को दिगो आयोजना हुनु जरुरी छ । जसको सिरिज थालिनुपर्छ । अहिले नयाँ मेयर नेतृत्वमा आएकोले सिरहाको पहिचानसँग जोडिएको, राजमहिसोथाको पहिचानसँग जोडिएको लोकनायक राजा सलहेशको नाउँबाट ‘सलहेश गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता’ आयोजना गर्नु उपर्युत्तः र दिगो हुन्छ । जसको आयोजनामा चौतर्फी सहयोग र विश्वस्तरमा सलहेश गोल्डकपलाई स्थापित गर्न सफलता मिल्न सक्छ ,। यसर्थ सिरहा नगरपालिकाका वर्तमानमा रहेका मेयर, उपमेयर, कार्यपालिका सदस्य, सभा सदस्यले सलहेश गोल्डकप आयोजना भव्यरुपमा गर्ने गरी बजेट र नीतिगत निर्णय गर्नु जरुरी छ । यसका निम्ति सिरहाका नागरिक समाज, खेलप्रेमी, खेलाडी लगायतका हरेक तप्काले दबाब दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!