इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी) र सिभिल बैंक लिमिटेडबीच स्कलरसीप गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिभिल बैंकमा खाता हुने ग्राहकहरुले आईआईएफटीमा फेसन डिजाइनिङ र इन्टेरियर डिजानिङ सिक्न चाहनेले अधितम १५ प्रतिशत छुट पाउनेछन् ।
अहिलेसम्म आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भ्यसकेका छन् । साथै, पछिल्लो समय आईआईएफटीले इन्टेयर डिजाइनिङको पनि कोर्ष सुरु गरेको छ ।




