सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टीले मंगलवार जिल्ला निर्वाचन कार्यालयमा विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएको छ ।
दलबल सहित पुगेको जनमत पार्टीको नेता कार्यकर्ताले किसान आन्दोलनको माग नेपाल सरकारले सम्बोधन गर्नुपर्ने, निर्वाचन आयोगमा दर्ता रहेको र आयोगबाट चुनाव–चिन्ह पाईसकेको दलहरुलाई स्थानीय तहको निर्वाचन २०७९ मा देशभरी नै सोही चुनाव–चिन्ह वितरण गर्नुपर्ने, निर्वाचनको क्रममा निर्वाचन आयोगदेखि लिएर निर्वाचन अधिकृतहरुले कुनै पनि सक्ताधारी पार्टीहरुको पक्ष नलिई सवै पार्टीहरुसँग समान व्यवहार गर्दै निष्पक्ष निर्णयहरु गर्नुपर्ने माग राखेका छन् ।

सिरहा अध्यक्ष विजय कुमार साहद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा स्वच्छ र निष्पक्ष निर्वाचनको निम्ति आयोगले भूमिका खेल्नुपर्ने माग गरेका छन् । ज्ञापन पत्र बुझाएर जनमत पार्टीका नेता कार्यकर्ताहरुले सिरहा सदरमुकाममको परिक्रमा गरी कोणसभा गरेको थियो ।



