सिरहा सरदमुकाम

सिरहा । सिरहा सरदमुकामको मुख्य सडकको अवस्था अझैं सुधार भएको छैन् । जिल्लाको मुख्य प्रशासनिक केन्द्रका रुपमा रहेको सिरहा सदरमुकामको मुख्य सडकको अवस्था दयनीय छ ।
सफा, स्वच्छ बनाएर सदरमुकामको मुख्य सडकको सौन्दर्यीकरण गर्नुपर्ने ठाउँमा उल्टै ज्यानको जोखिम थपिएको छ । सरोकारवाला निकायको मौनताले गर्दा सिरहा सदरमुकामको मुख्य सडकमा लामो समयदेखि ठूलासाना खाल्डाखुल्डी, वीच सडकमै ढल भत्किएको छ । त्यससँगै सरकारी कार्यालयवीच समन्वय हुन नसक्दा मुख्य सडकको वीचमै नेपाल टेलिकमले म्यानुएल निर्माण गरेर सडकको अवस्था बिगारेको छ ।

सदरमुकामको महावीर चौकदेखि ट्राफिकचौकसम्मको करिब २ किलोमीटर सडक खाल्डाखुल्डी, धुलाम्मेले गर्दा जोखिम बढेको छ । सवारी दुर्घटना, धूलोले गर्दा आँखामा संक्रमणको जोखिम उच्च रहेको छ । जिल्लाको मुख्य प्रशासनिक केन्द्र सिरहामा न्यायधिस, सिडियो, एसपी लगायत विभिन्न कार्यालयका प्रमुखहरु बस्ने गर्छन् । जिल्लाभरीका नेतादेखि, एनजिओ÷आईएनजिओ, विभिन्न कार्यालयका कर्मचारीहरुको आउजाउँ रह्ने गरेको छ । तरपनि सिरहा सदरमुकामको मुख्य सडक लामो समयदेखि जोखिमपूर्ण रहेको छ ।
जताततै खाल्डाखुल्डी रहेको छ । ढलमा ढक्कन नहुँदा झन् जोखिम थपिएको छ । यस विषयमा सदरमुकामको मुख्य सडकको स्तोरोन्नती गरी सुन्दर बनाउने जिम्मेवारी रहेको सडक डिभिजन कार्यालयले अझैं मौन नै देखिएको छ । त्यससँगै सिरहा नगरपालिकाले पनि त्यसमा सशक्त भूमिका निर्वाह गर्न सकिरहेको छैन् ।

सडको दयनीय अवस्था भएपनि सयौं सरकारी गाडी यही बाटोमा गुड्ने भएपनि स्तोरोन्नतीको निम्ती मौनता साँधेको छ । त्यससँगै जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुर, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सिरहा प्रहरीका प्रमुख एसपी अर्जुन तिमिल्सिनाले समन्वयकारी भूमिका निर्वाह गर्न सकेको छैन् । यसले गर्दा नागरिकलाई जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ ।
नागरिक अगुवा ओम प्रकाश साहले सरकारी निकायको गैरजिम्मेवारीपनले गर्दा मुख्य सडकको अवस्था दयनीय र जोखिमपूर्ण रहेको बताएका छन् । सडक तत्काल स्तोरोन्नती गर्नुपर्ने माग गर्दै नागरिक अगुवा साहले सरोकारवला निकायको ढिलासुस्ती र मनोपोलीका कारणले यस्तो विजोग भएको बताए ।

सदमुकामको मुख्य सडकको अवस्थावारे आफूहरुले ध्यानाकर्षण गराएपनि सिडियो, सडक डिभिजनका प्रमुखहरुले मौन बसेको नेकपा माओवादी केन्द्रका युवा नेता अरविन्द यादवले बताए । मुख्य सडकको अवस्था सुधार्न सम्बिन्धित कार्यालयहरुवाट सक्रियता नदेखिए आन्दोलनका कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा उत्रने नेता यादवको भनाई छ ।
सडक डिभिजन कार्यालयले माडर–सिरहा सदरमुकाम–चोहर्वा सहायक सडकमार्ग मर्मत कार्यको निम्ति निर्माण कम्पनीको खोजी भईरहेको जवाफ दिएका छन् । यता सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले आफ्नो क्षेत्राधिकार भित्रको सडक नभएकोले मर्मत सम्भार गर्न पत्राचार गरिएको बताएका छन् ।

भिआईपी आउँदा रातारात मर्मत 
२०७५ साल माघ १९ मा तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सिरहा आउन लाग्दा सडक डिभिजन कार्यालय र सिरहा नगरपालिकाले रातारात सडक मर्मत, सरसफाई जस्ता काम गरेका थिए । जसका निम्ति दुवै कार्यालयले २५ लाख वढी खर्च गरेका थिए । त्यसपछि दुवै सरकारी निकाय मौन बसेका छन् ।
सरोकारवाला कार्यालयको वेवास्ताले गर्दा सिरहा सदरमुकामको मुख्य सडकलाई दुरुस्त बनाउन वर्षदिनमा एक पटक भिभिआईपीको सवारी हुनु आवश्यक रहेको सामुदायिक सेवा केन्द्रका सचिव शम्भू साहले बताए । भिभिआईको सवारी हुँदा सिरहा सदरमुकामको सडक पनि राम्रो बन्ने गरेको विगत हाम्रो सामु रहेको सचिव साहको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय