मधेश प्रदेश सरकारले ५० सैयाको जिल्ला अस्पताललाई स्तोरोन्नती गर्दै प्रादेशिक अस्पताल घोषणा गरेको छ । प्रादेशिक अस्पताल घोषणा भएको प्रादेशिक अस्पताल सिरहाको वेड क्षमतालाई तीन गुणा अर्थात डेढ सय सैयाको बनाईएको छ । त्यही अनुसार प्रदेश सरकारले २०७४ पछि उपकरण, जनशक्ति र औषधीहरु उपलब्ध गराउँदै आईरहेको छ । अस्पताललाई व्यवस्थित तरिकाले संचालन र निगरानी गर्न अस्पताल विकास समिति पनि गठन गरिएको छ । प्रादेशिक अस्पतालको रुपमा घोषणा भएपछि सेवा सुविधालाई विस्तार गर्ने गरी जनशक्ति, उपकरणको आपूर्ति प्रदेश सरकारले गर्दै आईरहेको छ । रेफर सेन्टरको रुपमा चिनिएको जिल्ला अस्पताललाई सुविधायुक्त बनाउने र नागरिकलाई उपचार सुविधा प्रदान गर्न प्रदेश सरकारले विशेष जोड दिएको पाईन्छ । त्यही भएर करौडौं मूल्यको उपकरणहरु उपलब्ध गराएको छ ।

प्रदेश सरकारले उपकरण, जनशक्ति र औषधी उपलब्ध गराएपछि प्रादेशिक अस्पताल सिरहाको मुख्य काम नै नागरिकलाई उपचार सेवावाट सन्तुष्ट बनाउने र सकुशल घर फकाउने हो । भवितव्य हुने होईन् । त्यसलाई रोक्न पनि सकिदैन् । त्यसका अलावा उपचार अभाव, औषधीको अभाव रोग निदान गराउन आएका रोगी र उनको परिवारले भोग्नुपर्ने अवस्था हुुनु हुँदैन् । अहिले सुविधायुक्त ल्याब छ । विशेषज्ञ चिकित्सक छ । आईसियू, भेन्टिलेटर, एनआईसियू जस्ता विशिष्ठ सेवा सञ्चालनमा छ । अक्सिजन प्लान्ट छ । कोभिड प्रयोगशाला छ । यस सवैका बाबजूत पनि प्रादेशिक अस्पतालमा नागरिकले सहज र सुलभ सेवा पाउन नसकेको कयौं गुनासोहरु सार्वजनिक हुने गरेको छ ।

निःशुल्क पाउने औषधी अभाव, विद्युत काटिएपछि अस्पतालका विरामी भर्ना भएका कक्षहरु अन्धकारमय हुने जस्ता घटना त समान्य हो । विशेषज्ञ सेवालाई पनि अस्पतालले दुरुस्त बनाउन नसक्दा बेलाबेला मृत्युको घटना सार्वजनिक हुने र उपचारमा संलग्न चिकित्सकहरुमाथि प्रश्न उठ्ने गरेको छ । विगतमा यस्ता कयौं घटनाले प्रादेशिक अस्पताल सिरहालाई सुधार गर्नुपर्ने खाँचो हुँदा पनि अस्पतालको आन्तरीक प्रशासनको मौनताले अप्ठ्यारा स्थितीहरु सृजना गरेको घटनाक्रमले देखाएको छ । समयमै उपचार हुन नसक्दा कमजोर आर्थिक अवस्थाका परिवारलाई महँगो उपचार गराउन अन्यत्र जानुपर्ने बाध्यता आईपरेको छ । आखिर यस्तो किन ? यसको जिम्मेवारी कसले लिन्छ ? अक्सिजन प्लान्ट बन्द छ । रक्तसञ्चार केन्द्र सञ्चालन गर्न निर्माण गरिएको भवन अहिले प्रयोग विहिन किन भईरहेको छ । ल्याबका टेस्टको कोठासँगै जोडिएर रक्त संकलन केन्द्र र भण्डार केन्द्रले समस्या आउछँ कि आउँदैन् । यी यस्ता कयौं प्रश्नको घेराभित्र प्रादेशिक अस्पतालका प्रमुख र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परेका छन् । उनीहरु जिम्मेवारीवाट पन्छिन पाईदैन् । अस्पतालका मेसु डा सुनिक कुमार कुशवाहालाई प्रदेश आपूर्ति कार्यालयको पनि जम्मेवारी दिईएको छ । जसले गर्दा प्रादेशिक अस्पताल सिरहाको सेवा प्रवाहमा एक प्रकारको अप्ठ्यारो पनि भईरहेको छ । यसैले नागरिक तहबाट उठ्ने सवालको जवाफ प्रादेशिक अस्पताल सिरहाले दिनुपर्छ । सेवा सुविधा सुधार गर्न नागरिकले उठाएको न्यायोचित प्रश्नको समाधान खोज्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय