प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे विदेश भ्रमण भारतबाटै सुरु हुने पक्का भएको छ । उनलाई भारतबाट भ्रमणको निम्तो आइसकेकाे प्रधामन्त्री कार्यालय स्रोतले बताएको छ।
भ्रमणको तयारी पूरा भएपछि मात्रै भ्रमणको तालिका सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वैशाख अन्तिम साता प्रधानमन्त्रीको भ्रमण हुन सक्ने स्रोतको भनाइ छ।




