काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता नगरेको पाइएको छ ।

पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर, उनले पूर्वसभामुखको हैसियतमा संसद सचिवालयबाट लिएको गाडी ५ वैशाखसम्म फिर्ता गरेका छैनन् ।

संसद सचिवालयका सहसचिव सुरजकुमार दुराका अनुसार उक्त गाडी फिर्ता गराउन पहल गरिरहेको बताए ।

‘हामीले पहल गरिरहेका छौं । हामीलाई गाडीको अभाव छ भनेर मागिरहेका छौं । तर, के कारणले ढिलो गर्नुभयो थाहा छैन’ उनले भने ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।

तर, व्यवहारिक रुपमा गाडी फिर्ताका लागि १५ दिनसम्म समय दिँदै आएको संघीय संसद सचिवालयका कर्मचारीहरु बताउँछन् । पौडेल राष्ट्रपति निर्वाचित भएको ४० दिन पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय